विराटनगर / विराटनगर स्थित पुरानो सत्यनाराण माध्यमिक बिद्यालयलले दुई जना पत्रकारसहित अभिभावहरूलाई सम्मान गरेको छ ।
विद्यालयको ६६ औं वर्षिक उत्सवको अवसर पारेर शनिबार पत्रकार गणेश लम्साल र अर्जुन आर्चायसहित अभिभावकलाई सम्मान गरेको हो । आर्चाय बिद्यालयमा पत्रकारिता पढेका पूर्व विद्यार्थी हुन् भने लम्साल सो बिद्यालयका शिक्षक अभिभावक संघका पुर्व अध्यक्ष तथा विद्यार्थी हुन् ।
सोही अवसरमा आफ्नो छोराछोरीको पढाईमा नियमित चासो दिने अभिभावक सहित बिभिन्न व्यक्त्तिहरुलाई सम्मान गरियो । यसरी सम्मानित हुनेहरूमा अभिभावक जया सहनी , मनोजकुमार पण्डित, बिनोदप्रसाद शाह, कुबेरबहादुर आले मगर र राधेश्याम सरन सम्मानित भए । सोही कार्यक्रममा बिद्यालयको पठनपाठनमा बिशेष चासो दिने शिक्षकहरु सुभाष ओली तथा लोकनाथ नेपाल र कर्मचारी मिलकुमार कामतसँगै कक्षा ११ को बोर्ड परिक्षामा उत्कृष्ट हुने बिद्यार्थी प्रतापसिँह राठौर, १२ की साफिया तवस्सुमलाई नगद सहित सम्मान गरियो ।
सबैलाई बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पुरस्कृत र सम्मान गरेका थिए । उनले सामुदायिक बिद्यालयको अबस्था सुधार गर्न महानगरपालिकाका लागिपरेको बताउँदै राजनीति गर्ने शिक्षकहरु बिरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए ।
बार्षिकोत्सव कार्यक्रमा नेकपाका नेता गुरु बराल , शिक्षा समन्वय समिति मोरंगका प्रमुख राजेन्द् बुढाथोकी सहित बिद्यालय व्यवस्थापन समिति र अभिभावक संघका पदाधिकारी र पुर्व बिद्यार्थीहरु समेत सहभागी थिए ।
बिस २००४सालमा स्थापना भएको सत्यनारायण माबिमा हाल पत्रकारिता , कानून , शिक्षा , व्यवस्थापन र ईन्जिनियरिंग बिषयको पठनपाठन हुदै आएको छ । कक्षा ६ देखी १२ सम्म पठनपाठन हुने यो बिद्यालयमा हाल १४ सय बिद्यार्थी अध्यनरत रहेको र अँग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन भैरहेको प्राधानअध्यापक धर्मानन्द खरेलले बताए ।
बर्षिकोत्वस कार्यक्रममा बिद्यार्थीहरुले कवाज प्रर्दशन गर्ने , आफुले बनाएका डोजर र पानी तान्ने पम्म प्रर्दशनगर्नेदेखी बिभिन्न गीत , नृत्य र कलाहरु प्रस्तुत गरेका थिए ।
































