चौतारा । सिन्धुपाल्चोकका पुराना राजनीतिज्ञ भक्तध्वज प्रधानको ९३ वर्षको उमेरमा काठमाडाँैस्थित आफ्नै घरमै हिजो बेलुका निधन भएको छ ।
स्वर्गीय प्रधानले विसं २०१५ मा प्रज्ञापरिषद्बाट राजनीति शुरु गगरेका थिए । उनी विसं २०१९ मा तत्कालीन जिल्ला पञ्चायतको सभापति, विसं २०२० देखि २०३२ सम्म राष्ट्रिय पञ्चायतको सदस्य, २०३८ देखि २०४३ सम्म पुनः जिल्ला पञ्चायत सभापति तथा बहुदल पुनः स्थापना पछि नेपाली काङ्ग्रेसको महासमिति सदस्य रहेका थिए ।
जिल्लाको विकासमा उल्लेख्य योगदान पुर्याएका प्रधान लामो समयदेखि अल्जाइमर रोगबाट पीडित थिए । उनकी दुई श्रीमती, तीन छोरा र दुई छोरी छन् ।