पथरी/ मोरङको कानेपोखरी गाउँपालिकाले ७ वटै वडामा रहेको संघसंस्थालाई सोलर प्यानल वितरण गरेको छ । विहिबार गाउँपालिकामा एक कार्यक्रमको आयोजना गर्दै प्रत्येक वडामा ५ वटाको दरले ३५ वटा सोलर प्यानल वितरण गरेको हो । सामुदायीक, विद्यालय,मन्दिर र क्लबलाई वितरण गरेको थियो ।

सोलरले विद्यालयमा हारिजि मेसिन प्रयोग गर्न सजिलो र मठमन्दिरमा पुजापाठको लागी सहज होस भनेर वितरण गरिएको गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजकुमारी इङ्नाम,प्रमुख प्रशासकिय अधिकृत पुरसोतम धिमिरे,लेखा अधिकृत देबेन्द्र थापा,वडा नं. ६, का वडाधयक्ष खड्ग बस्नेत र इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल बंजर्गाको उपस्थीतमा सोलर वितरण गरिएको थियो ।