इटहरी/ इटहरी १० मा करोडौको लागतमा निर्माण भएको ल्याण्डफिल्ड साईड बेवारिसे बनिरहेको छ भने इटहरी नगरपालिकाले फोहोर चारकोशे झाडीमा मिल्काउँदै आएको छ ।

कुहिने तथा नकुहिने फोहर छुट्याउने र प्राङ्गारिक मलसमेत तयार गर्दै वैकल्पिक ऊर्जा उत्पादन कार्य सम्म गर्ने योजनाको साथ निमार्ण भएको ल्याण्डफिल साइट भने वेवारिसे अवस्थामा रहेको छ । इटहरी १० की सञ्जु उरावले निमार्णको काम अहिले लामो समय देखि बन्द रहेको बताइन् ।

‘खै पहिला पहिला त छिट्टै काम हुन्छ भनेको थियो’–उनी भन्छिन् । गत भदौंमा उक्त साइडसम्म जाने बाटो कालोपत्रे भए पनि अहिलेसम्म अन्य काम अघि नबढेको उनले गुनासो गरिन् । राजु पोखरेलले पनि लामो समयदेखि ल्याण्डफिल्ड साईड बेवारिसे बनेको बताए ।

‘फाहोर पनि आउँदैन काम पनि केहि छैन’–उनले भने । स्थानीय अगुवा भग्लु चौधरीले पनि कालोपत्रेडूेन निमार्णको काम समेत प्रभावहिन भएको बताए । उनले भने डूेन निमार्णमा पानी यता पनि बग्दैन उता पनि बग्दैन यस्को काम ? उनले आक्रोसित हुदै भने, ‘खै के बाटो बनाएका हुन ।’

सरकारी पक्षको वेवास्ताका कारण करोडौको लागतमा बनेको ल्याण्डफिल साइट त्यसै खेर गएको उनको बुझाइ छ ।

फोहरमैला प्रशोधन केन्द्रले उत्पादन गर्ने वैकल्पिक ऊर्जा तथा प्राङ्गारिक मलसमेत उत्पादन गर्ने भनेर स्थापना भएको ल्याण्डफिल्ड साईड अहिले सम्म बन्न नसकेको स्थानीय अर्की चम्पा चौधरी बताउँछिन । ल्याडफिल्ड साईड जंगलमा फाल्नु परीरहेको वेष्ट एण्ड इन्भारो मेनेज्मेन्ट प्रालिका ब्यवस्थापक कृष्ण भट्टराईले बताए ।

ल्याडफिल साइड फोहोर ब्यावस्थापनको लागी उपमहानगरपालिकाले उपलब्ध गराउँनु पर्ने सहमती भए पनि अहिले सम्म ठाउँ उपलब्ध नगराएको उनी बताउँछन । ‘हामीलाई फोहोर फाल्नको लागी ठाउँनै छैन’ उनले भने, ‘अहिले चारकोशे झाडीमा फाल्नुको विकल्प छैन ।’ २०७० साल देखि फोहोर फाल्ने ठाउँ उपलब्ध उपमहानरले नगराउँदा हामीलाई समस्या हुदै आएका भट्टराई बताउँछन् ।

उपमहानगरपालिकाले जग्गा समेत खरिद गरी निमार्णधिन ल्याण्फिल्ड साईडको काममा स्थानीय केहिले अवरोध गरे पछि काम अगाडी नबढेको इटहरी उपमहानगरपालिकाका इन्जिनियर अर्जुन दाहाल बताउँछन् ।

उनी भन्छन् कालोपत्रेको काम सके पनि स्थानीयले विरोध गर्दा बाँकी काम अगाडी बढ्न सकेको छैन । चाडै विषयमा हामी बैठक बसी काम अगाडी बढाउँने तयारीमा छौ इन्जिनियर दाहाल भन्छन् ।

फोहरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत केन्द्र र नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहकार्यमा अर्थमन्त्रालयवाट प्राप्त १३ करोड १५ लाखको लागतमा इटहरी उपमहानगरपालिका-१० दुमोटक्का गाउँमा फोहरमैला प्रशोधन केन्द्र निर्माणधिन काम बिचैमा रोकिन पुगेको छ ।