वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ र २ को जनप्रतिनिधि लाई आएको भत्ता लँई, वडाका शारिरीक अपांगतालाई भएका बालबालिका जाडोको न्यानो कपडा वितरणमा खर्च गरिएको छ ।
वडाको १ र २ का अध्यक्ष लगायत सदस्यहरु लँई नगरपालिकाको हेरचाह उत्प्रेरणा वडा कार्यक्रम अन्तर्गत जनप्रतिनिध लाई अभिमुखिकरण अन्तर्गत आएको करिव ४ हजार ५ सय रुपैंयाको न्यानो कपडा र जुत्ता लगायतको सामाग्री वितरण गरिएको हो ।
नपाको वडा नम्बर २ अध्यक्ष हरिकृष्ण भट्टराई, वडा १ सदस्य शुसिला शेर्पा र आदर्श माविका शिक्षक तथा डिसएबीलीटी पिपुल अर्गनाईजेसन वराहक्षेत्र नगर सदस्य मोहन गौतमले,वडा १ की ८ वर्षिय आस्मा राई,खारखोला २२ वर्षका पदम विश्वकर्मा र वडा २ रेल्वेका संजीत र सौगात लाई ज्याकेट,ट्राउजर, मोजा र टोजी ३,३ र १ थान जुत्ता प्रदान गरिएको वराहक्षेत्र नगरपालिका सहजकर्ता राजेश कटुवालले बताए ।
































