धरान/ स्थानीय नेकपाका नेता फोक्वाहाङ मेन्याङबाे (चोत्लुङ) ले आफ्नो ३३ औ जन्मदिनमा रगत दान गरेका छन् ।
उनले बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रक्तसञ्चार केन्द्रमै पुगेर रक्तदान गरेका हुन् । यसक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा ३३ युनिट रगत सङ्कलन गरेको थियो ।
कार्यक्रममा नेकपाका प्रदेश सदस्य अइन्द्रबिक्रम बेघा, क्षेत्रीय संयोजक प्रकाश राई, सल्लाहकार अक्कलबहादुर मेन्याङबाेलगायतत नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न नेताहरूले पनि रक्तदान गरेका थिए ।
ताप्लेजुङ थेचेम्बू घर भई हाल धरान–१४ मा बस्दै आएका नेता चोत्लुङ नेकपा (माओवादी) का धरान नगर कमिटी इन्चार्ज हुन् ।
































