दमक/ झापाको दमक २ डाकीनिका हरिप्रसाद निरौलाको बिहीबार बिहानै घरमा अचानक आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

बिहानै दूध बेच्न बजार झरेपछि घरमा आगलागी भएको थियो । स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आए पनि सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । यतिसम्मकी उनको दैनिक गुजारा गर्ने गाईसँगै बाच्छीको पनि जलेर मृत्यु भएको छ ।

बाख्रा पनि जलेको छ । उनका अनुसार करिव ३५ मन धान पनि जलेर नष्ट भएको छ । श्रीमती पनि छोरी बिरामी भएर भारतको सिलगुढि तिर रहेकी थिइन् । घरमा उनी एक्ले थिए ।

रेडक्रसद्धारा राहत
आगोलागीमा परेर घरवार सबै गुमाएको निरौला परिवारलाई रेडक्रसले राहत वितरण गरेको छ । पीडित परिवारलाई रेडक्रसले दुई थान कम्वल, दुई थान लगाउने कपाडा, २५ केजी चामल, दाल तथा अन्य सामाग्री, पकाउन आवश्यक पर्ने एक सेट भाडा र त्रिपाल प्रदान गरेको नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका निवर्तमान सभापति लिला गुरागाईँले जानकारी दिए । त्यसै गरि दमक नगरपालिका वडा नं २ ले पनि आगलागी पीडित निरौलाको घर पूःन निर्माण गर्न आवश्यक सहयोग गर्ने जनाएको छ । वडाध्यक्ष प्रजापति सापकोटाका अनुसार निरौलाको घर पूननिर्माणका लागि आवश्यक पर्ने जस्तापाता नगरपालिका र वडा कार्यालयले प्रदान गर्ने बताए ।