सुनसरी/ दुबै मृगौला खराब भई उपचारका लागी अस्पताल गराइरहेका मृगौला पिडित धनकुटाकी एक महिलाआथिर्क समस्यामा परेका छन्। आर्थिक अभाबका कारण थप उपचार गर्न समस्या भएपछी धनकुटा सागुरीगढी वडा नं ७ की प्रतिमा बान्तवा राईको परिवारले आफुहरुलाई सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन्।
करिब २ वर्ष अघि देखी दुबै मृगौला खराब भै उपचारका लागी बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान भर्ना भएका ३७ वर्षिया राईको दुबै मृगौला प्रत्यारोपणका लागी र उनको जिवन बचाउनका लागी उनको परिवारले सबैसँग सहयोगको लागी अनुरोध गरेका हुन्।
सुरुवातकाे चरणमा जीउ सुनिएर कालो हुने,ज्वोरो आउने, बान्ता आउने र प्रेशर बढ्ने लक्षण देखा परे पछी बिरामीलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो । केही समयपछिको उपचारपछि डाक्टरले आत्तिनु पर्दैन भनेर केही समयको उपचारपछि घर फर्काए पुर्ण जाती हुन नसके पछी बिरामीलाई थप चेकजाच गराउन मानव अंग प्रत्यारोपन केन्द्र लगेपछी मात्र मृगौला खराब भएको थाहा पाएकाे मंगलबार धरानको पत्रकार महासंघ सुनसरीको सभाहलमा पत्रकार माझ पिडित राईले बताईन् ।
राईका श्रीमान प्रकाश राईले सबै जायजेथा बेचेर भएपनि आफनी श्रीमतीको उपचारका लागी देशका विभिन्न अस्पतालमा धाएका थिए तर राईको ज्यान बचाउन मृगौला बद्ल्नुपर्ने डाक्टरहरुले सल्लाह दिएका छन्।
अस्पतालले मृगौला प्रत्यारोपणका लागी करिब १० लाख खर्च गर्नुपर्ने बताएपछी राईको परिवार आर्थिक सङ्कटमा परेको छ। पैसा नजुटे उपचार हुन नसक्ने देखेकाले उनीहरुले धरान लगायतका विभिन्न निकायसम्म पुगेर सहयोग जुटाउन सहयोग गरिदिन पत्रकार सामु हार-गुहार गरेका छन् ।
बिरामीलाई सहयोग गर्न ईच्छुक निकाय वा व्यक्तिले उनका श्रीमान प्रकाश लाई ९८१९३१७६०३ वा उनको प्रभु बैकको खाता नम्बर ०७११०७०११२६६०३०००००१ मा सहयोग गर्न सक्ने जनाएको छ ।
































