पथरी/ बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले लगाएको चिंसाङ खोलको ठेक्का प्रदेश सांसद सूर्यरमाराज राईले रोकेका छन् । ठेक्का पाएर तीन महिना पछि कानेपोखरी बि एण्ड बि कन्ट्रक्सनले स्काभेटर लगाएर गिटी,बालुवा जन्य पदार्थ निकाल्न खोज्दा सांसद राईको निर्देशनमा केही युवाहरुले अवरोध गरेको थियो ।
स्थानीय जनप्रतिनिधि बेलबारी-८,का वडाध्यक्ष धनपति गौतम र कानेपोखरी-५,का वडाध्यक्ष चरण गुरुङको रोहवरमा बेलबारी तर्फका चिंसाङ खोला तटबन्धन समिति र कानेपोखरी तर्फका चिंसाङ खोला तटबन्धन समिति सहित स्थानीय सरोकारवालाहरुको उपस्थीतिको छलफलमा खोलबाट गिटी,बालुवा निकल्ने सहमती भएको थियो । छलफलमा खोलालाई तीन भाग गरी दुई भाग छोडी विचमा च्यानल हुने गरी च्यानल बनाएर निकासी गर्ने सहमती भएको थियो ।
सोही अनुसार गत शनिबार खोलाबाट स्काभेर लगाएर गिटी ढुङ्गा निकाल्न सुरु गर्न खोज्दा सांसद राईको निर्देशनमा केही युवाहरुले अवरोध गरेका थिए ।
खोला ठेक्का लगाउने सरकारको नीति अहिले स्थानीय तहले लगाउने प्राबधान छ । खोला ठेक्का लगाएबापत स्थानीय तहले ६० प्रतिशत र ४० प्रतिशत प्रदेश सरकारले पाउनेछ । खोला ठेक्का लगाएबापत आएको सम्पूण रकम कानेपोखरी गाउँपालिकाले सोही खोलामा तटबन्धनमै लगाउने निर्णय गरिसकेको गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।
स्थानीय सरकारको प्राकृतीक स्रोत र साधनहरु स्थानीय तहमै प्रयोग गर्नुपाने अधिकार भएपनि स्थानीय सरकारले लगाएको खोला ठेक्कामा उत्खननमा रोक लगाएर प्रदेश सांसदले स्थानीय सरकारको क्षेत्रअधिकारमा हस्तक्षेप गरी अपमान गरेको बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए ।
उनले भने-‘प्रदेश सांसद कुन क्षेत्रअधिकारमा बस्नुपर्ने हो त्यो कुरा सांसदलाई थाहा नै रहेन छ । उनले अनुगमन गर्ने हो,खन्नु सुरु नै नगरी अवैध उत्खनन भयो भन्नु कहाँको जायज हो । ’
कानेपोखरी बि एण्ड बि कन्ट्रक्सन प्रालिका सञ्चालक भूपाल श्रेठका अनुसार सांसद राईकै क्षेत्रमा पर्ने सगै लागेको डाँसखोलाको ठेक्का दुई महिना अघि देखि दुईवटा स्काभेटर लगाएर उत्खनन गरिरहेको छ ।
सांसदको आँखा चै किन त्यहाँ नपरेको,नदेखेको हो ? निकाल्न सुरु नै नगरेको ठाउँमा चाही अवैध भन्दै मिडियाबाजी गरी अनर्गल प्रचार गर्दै विभिन्न तह,तप्कालाई दोस्ने काम गरेर आफु पानी माथीको ओवानो बन्न खोजेको र सक्ने भए मोरङ भरीको खोला उत्खनन् भैरहेको ठाउँमा रोकेर देखाउन चेतावनी समेत दिए ।
स्थानीय सरकारले पूर्वपश्चिम राजमार्गको पुलबाट ५ सय मिटर दक्षिण वन क्षेत्र छोडेर आर्ईई गरेर असोजमा चिंसाङ ८ वटा नाकामा खोला ठेक्का लगाएका थिए । स्थानीय सरकारले आईई गरिसकेको ठाउँमा होडिङ् बोर्ड गाडेर सिमाना लगाई दिएका छन् ।
स्थानीय सरकारले १ करोड २४ लाखमा ४४ लाख ७८ हजार ३६७.३ घन फिट गिटी बालुवा निकाल्ने अनुमती दिएको छ । यस विषयमा सांसद सूर्यरमाराज राईलाई ९८४२०८९६...नम्बरमा सम्पर्क गर्दा फोन उठाएनन् ।
































