जनताको सेवा का लागि खटिने प्रतिबद्धता जाएर गर्दै निर्वाचित भएका पथरीशनिस्चरे वडा नं. ३ का जनप्रतिनिधिलाइ भेट्न अहिले सेवा ग्राहीलाइ निकै नै हम्मे-हम्मे पर्ने गरको छ ।

जनप्रतिनिधि आएपछी छिटो अनि छरितो काम हुने कुरामा ढुक्क भएका स्थानीयबासी पथारिशनिस्चरे वडा नं.३ का जनप्रतिनिधिको व्यवहारले निकै नै निरास अनि हतास समेत भएका छन् । छोराको मृत्यु दर्ता बनाउन लगातार पाच दिनसम्म कार्यलय धाउदा पनि वडा अध्यक्षको अनुपस्थितिमा काम हुन नसकेको एक महिला बताउछिन् ।

वडाअध्यक्ष कार्यलयमा उपस्थित नभइदिदा दैनिक जसो धेरै सेवाग्राही निरास भएर फर्कन बाध्य भएको नाम नखुलाउने सर्तमा एक स्थानीयबासीले बताए ।

वडाअध्यक्ष डम्बरबहादुर चेम्जुङ्ग धेरैजसो वडा कर्यलायमा अनुपस्थित रहने र उपस्थित भएको दीन पनि कार्यालय समय भन्दा ढिलो आइ फेरि बिचमै निस्केर जाने गरेको सेवाग्राही को गुनासो छ । वडाअध्यक्ष अनुपस्थित भइरहदा वडा सचिव समेत कर्यलायमा देखिदैनन् ।

पथरिशनिस्चरे वडा न १ र ३ मा एउटै सचिवले काम गरिरहेका छन् । जसले गर्दा दुबैवडाका सेवाग्राही वडा सचिवको व्यवहार देखि  दिक्क भएका छन् । वडाकार्यलयमा अनुपस्थित भई वडाअध्यक्ष स्कूलको बनभोज अनि आफ्नै व्यक्तिगत काममा सरिक भएको एक स्थानीयबासीले नाम नखुलाउने सर्तमा हामीलाई बताएकाे ।

वडाकार्यलयमा सधैजसो १ , २ जना वडा सदस्य अनि अन्य २ जना कर्मचारी बाहेक अरु जनप्रतिनिधि कोहि भेटिदैनन् ।

कहिले बाटोको कुरालाई लिएर त कहिले जग्गा पासको कुरालाई लिएर यँहाका जनप्रतिनिधि पहिलेबाटनै धेरै पटक आलोचित हुदै आएका छन् । केहि समय पहिला जनप्रतिनिधिको व्यवहारले निरास भएर वडाकार्यलय घेराउ देखि लिएर अन्य बिरोध का कार्यक्रम नगरेका पनि हैनन् तैपनि अझै वडाअध्यक्ष को व्यवहारमा परिवर्तन नभई उल्टै कानमा तेल हालेर बस्नु कतिसम्म उचित होला त ?

स्थानीय जनतालाई छिटो अनि सजिलै सेवा सुविधा दिने अनि विकास गर्ने प्रतिबद्धता जनाउदै निर्वाचित भएर आएका जनप्रतिनिधिबाटै यस्तो व्यवहार भएपछि स्थानीयबासी जनप्रतिनिधि प्रति आक्रोसित हुनु स्वभाविक हो ।

यदि जनप्रतिनिधिको यही व्यवहार हो भने स्थानीयले पथरिशनिस्चरे वडा नं ३ का जनप्रतिनिधिलाई धुलो चटाउने कुरामा कुनै दुइ मत छैन ।

सुस्मिता रार्इ