उदयपुर/उदयपुरमा पूर्व सुचना तथा सञ्चार मन्त्रि चढेको गाडीले ठक्कर दिदा एक बालक घाईते भएको छ ।
बेलका नगरपालिका वडा नं १ आम्बासीमा ८ वर्षिय बालकलाई मन्त्रि चढेको गाडीले ठक्कर दिदा घाईते भएको हो । पूर्व सुचना तथा सञ्चार मन्त्रि जय प्रकाश गुप्ता चढेको को २ च १५१९ नम्बरको बुलेरो भ्यानले मदन भण्डारी लोकमार्ग अन्तर्गत आम्बासीमा मध्यान्न १२ बजे बालकलाई ठक्क दिएकोे ईलाका प्रहरी कार्यालय रामपुरको प्रहरी निरीक्षक नविनकुमार सिंहले बताए ।
साईकल सवारलाई बचाउन खोज्दा गाडी अनिन्त्रीत भई सडक छेउको पसलमा सामान खरिद गर्न आएको बालकलाई ठक्कर दिएको प्रहरी निरीक्षक सिंहले बताए ।
मन्त्रि गुप्ताको गाडीको ठक्करबाट घाईते बालकको बिपि कोइराला विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ । भने पुर्व मन्त्री गुप्ता प्रदेश नं-२ बाट बिराटनगरसम्मको यात्रामा निस्केको जनाईएको छ ।