सिरहा/ सिरहामा घरेलु मदिरा खुलेआम बिक्री वितरण भइरहेको छ । जिल्लाका मुख्य बजार तथा ग्रामीण क्षेत्रका बजारहरुमा खुलेआम घरेलु मदिरा बिक्री भइरहेको हो ।

बुधबार र शनिबार लाग्ने मिर्चैया नगरपालिकाको सबैभन्दा ठूलो बजारको रुपमा परिचित घरेलु मदिरा खुलेआम बिक्री हुने गरेको भए पनि प्रहरी प्रसाशनको आँखा पुग्न सकेको छैन । जिल्ला प्रहरीले घरेलु मदिरा उत्पादन र बिक्री वितरण रोक लगाएको दाबी गरेपनि त्यहाँ बिक्री भएको अवस्थाले गलत सावित गरेको छ ।

साप्ताहिक रूपमा घरेलु मदिरा बिक्री वितरण गर्नेसँग असुली गर्ने गरेकोले बिना रोकटोक बिक्री वितरण भइरहेको समाजिक क्षेत्रका अगुवाहरूको भनाइ छ । राजमार्ग छेउका साप्ताहिक बजार लाग्ने जिरोमाईल, धनगढी, चोहर्वा, गोलबजार,बन्दीपुर, छपरारी, ग्रामीण क्षेत्रका मरेवा, बरियारपट्टी, सुखीपुर,मिर्चैया,कर्जन्हा,सिरहामा घरेलु मदिरा बेच्नेको भीड नै लाग्ने गरेको स्थानीय बताउँछन् ।

प्रहरीलाई भनेपनि कुनै सुनुवाई गरेको छैन । जिल्लामा लाग्ने साप्ताहिक बजारमा निर्वाध रूपमा घरेलु मदिरा बिक्री वितरण प्रहरीकै सेटिङमा हुने गरेको छ ।

स्थानीय प्रहरीले घरेलु मदिरा बेच्नेसँग साप्ताहिक रूपमा र उत्पादन गर्नेसँग मासिक रूपमा असुली गर्ने गरेको स्रोतले बताएको छ । ‘यदि त्यस्तो होइन भने बजारमा कसरी घरेलु मदिरा ग्यालेनका ग्यालेन बिक्रि हुन्छ ?,’स्रोतले भन्यो ।

बजारबाट साप्ताहिक रूपमा २ सय देखि ५ सय र उत्पादन गर्नेसँग मासिक ५ हजार बढीको रकम असुली गर्ने गरेको स्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालय सिरहाले अवैध रूपमा हुने उत्पादन र बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता एवम् डिएसपी माधवराज खरेलले बताए ।

समानहरू बरामद गरेका छौँ । धेरै नष्ट गरेका छौँ’ डिएसपी खरेलले भने,‘सुरक्षा, स्वास्थ्य र पैसामा खर्च हुने घरेलु मदिरा पूर्ण रूपमा नियन्त्रणमा लिन समुदायसँग समन्वय गरिरहेका छौ ।’