उदयपुर/ २०२९ सालमा नापी भएको जग्गाको जग्गा धनीहरु अझै सुकुम्बासी जीवन व्यतित गरिरेका छन् ।

उदयपुरको गाईघाटस्थित जनजोति टोलका बासिन्दाहरूको जग्गा २९ सालमै नापी भए पनि लालापुर्जाविहीन बस्न बाध्य छन् । २०२९ सालमा कित्ता नम्बर ५२ को जग्गाका स्थलगत सर्वे/नापी गरी दिलबहादुर बोटको नाममा एक विघा ४ कठ्ठा ११ धुर जग्गाको फिल्डबुक उतारे पनि जग्गाको धनि पूर्जा अझै पाएका छैनन् ।

व्यक्तिको नाममा फिल्डबुक उतारे पनि लालपुर्जा नदिएपछि सुकुम्बासीझैं जीवन व्यतित गर्नुपरेको टुनि कुमारी बोटले बताइन् । बोटका अनुसार फिल्डबुमा उतारे पनि धनिपुर्जा कसैले पाइएको छैन ।
अहिले उक्त टोलमा ३३ घरले बसोबास गर्दै आएका छन् ।

बेला–बेला जिल्ला प्रशासनले बस्ती उठाउनेजस्ता सूचना प्रकाशित गर्दा आफूहरू त्रासमा बस्न बाध्य भएको बोटले बताइन् । ‘भएको जग्गा यति हो, विहान बेलुका ज्यालामा काम गरेर खान्छौँ भएको एउटा झुपडी पनि भत्काई दियो भने काहा जाने, काहा बस्ने, के खाने, हाम्रो त विजोग नै हुन्छ ।’ बोट भन्छिन् ।

सरकारले उक्त सुकुम्बासी बस्तीको अध्ययन भने नगरेको होईन । तर पनि सुकुम्बासीलाई नत व्यावस्थीत ठाउँमा हस्तारण नै गर्न सक्यो नत बसीआएको जग्गाको धनिपुर्जा नै दिन सक्यो । बरु उल्टै उठाएर लखेट्ने जस्ता सुचना प्रकाशन गरि जनतालाई त्रासित पार्ने काम गरेको राष्ट्रिय भुमिअधिकार मंञ्च उदयपुरको संयोजक फुर्तीमान राई बताए ।

धेरै पुरानो बस्ती र केहि व्यक्तिको नाममा फिल्डबुक उत्तार समेत दिएकोले उठाउने होईन सके उक्त जग्गाको धनी पुर्जा दिनु पर्ने नसके कुनै व्यावस्थीत ठाउँमा बसोबासको व्यावस्था मिलाउनु पर्ने राईले बताए ।

२९ सालमा नापी शाखा उदयपुरले फिल्डबुक उत्तार दिल बहादुर बोट, अरिमान मगर लगायतका व्यक्तिहरुको नाममा दिएको भएपनि आज सम्म धनि पुर्जा पाएका छैन मगरको छोरी पशुपति मगर (बोट)ले बताइन् ।

बुबाहरु २१ साल देखि बसोबास गर्दै आएपनि सरकारले धनि पुर्जा नदिदा सुकुम्बासीको रुपमा बसोबास गर्दै आएकको मगर (बोट)ले बताईन् । २९ सालमा स्थलगत सर्वे/नापी गरि विभिन्न कित्ता नम्बरमा व्याक्तिहरुलाई फिल्डबुक उत्तार दिएको भएपनि धनि पुर्जा दिएको छैन ।

धनि पुर्जा नदिएको जग्गा पछि हवाई मैदानको लागि एक लौटी नामाकरण गरि एक सय ३ नम्बर कित्तामा गाएको सुकुम्बासीहरु बताउछन् ।  हवाई मैदान नबन्ने भएपछि थारुहट रङ्गशाल, मदनभण्डारी सभा गृह, कृषी बजार केन्द्र लगायतको सार्वजनिक स्थहरुको निर्माण कार्य धमाधम भईहरको छ ।