धरान । प्रतिनिधिसभाका सांसद् राजेन्द्र राई चढेको जीप धनकुटाको पाख्रिबास–७ मुगामा दुर्घटना भएको छ ।

बा १ झ ५८७१ नम्बर निजामति आवासीय माविको जीप दुर्घटना हुँदा सांसद् राईसहित ५ जना घाइते बनेका छन् । राईलगायत सबै सामान्य घाइते बनेको प्रहरीले जनाएको छ । सांसद् राईसहित नेकपाका जिल्ला नेता अर्जुन राई, नैन विक, शान्तिराम गौतम, सरोज राई घाइते बनेका हुन् ।

सांसद् राईको घुँडामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरूङले जनाए । अन्य नेताको अवस्था सामान्य छ । पाख्रिवासमा आयोजित एक कार्यक्रममा सहभागी हुन जाने क्रममा दुर्घटना भएको थियो । जीप सडकबाट झण्डै ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।