भद्रपुर /  कृषि विकास बैङ्कबाट झिकेको रकममध्ये एक हजारको एउटा नोट नक्कली भेटिएको छ । सिद्धकाली इन्टर नेसनल विल्र्डस झापाको नाममा काटेको चेकबाट १ लाख ४४ हजारको नोटमा १ लाखको वण्डलमा एउटा एक हजारको नक्कली नोट फेला परेको हो । कृषि विकास बैङ्क शाखा कार्यालय भद्रपुरबाट आइतबार विहान साँढे ११ बजे चेक मार्फत लिएको रकममध्ये एउटा नोट नक्कली परेको हो ।
विल्र्डसको नामको चेक कृषि विकास बैङ्कबाट एक हजार दरको एकसय थान र ५ सय दरका ८८ थान रकम निकालेर विल्डर्सका कर्मचारी गोविन्द राजवंशीले नेविक बैङ्क मार्फत शिवम सिमेन्ट हेटौटाको खातामा रकम जम्मा गर्न गएका थिए । राजवंशीले जम्मा गर्ने रकम मध्ये एक हजारको एक थान मेसिनको सहायताले नेविल बैङ्कका कर्मचारीले नक्कली नोट फेला पारेका थिए । राजवंशीले दिएको जानकारी अनुसार ‘मेसिन करायो अनि कर्मचारीले भने यो त नक्कली नोट हो उनले भने ।’ त्यसपछि एक हजार थपेर रकम खातामा हालेको उनले सुनाए । नोट कर्मचारीले नै राखेको उनले बताए ।

नक्कली नोटको विषयमा कृषि विकास बैङ्क शाखा कार्यालय भद्रपुरका निमित्त प्रवन्धक देवनारायण खरेल अनभिज्ञ छन् । ‘मेसिन त हाम्रो पनि छ, लेनदेनमा मेसिन कै प्रयोग गरेका हुन्छौं कसरी यस्तो भयो उनले भने । पहिलो एनआइसी बैङ्कको स्टिकर र दोस्रोमा कृषिको रहेकोले नोट कहाँबाट आयो भन्ने कुरा खोजिको विषय रहेको उनले जनाए । ‘पुरानो नोट भएर यस्तो हुनसक्ने उनको भनाइ छ । ‘नेविल बैङ्कमा सरहरु जानु भएको छ हेरौँ के भएको हो उनले भने ।’ यस विषयमा अनुसन्धान गरिने उनले बताए ।