धरान/ किरात राई यायोख्खा जिल्ला कार्यसमिति सुनसरीको शुक्रबार पदस्थापना गरिएको छ ।
गत शनिबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधकारीहरूको पदास्थापन गरिएको हो । केन्द्रीय अध्यक्ष तिलक राईको प्रमुख उपस्थितिमा भएको पदस्थापनमा नव निर्वाचित अध्यक्ष बलराम राईलगायत २५ सदस्यीय समितिलाई पद हस्तान्तरण गरिएको हो ।
निवर्तमान अध्यक्ष कमला राईले नवनिर्वाचित अध्यक्षलाई पद हस्तान्तरण गरेकी थिइन् । समितिको उपाध्यक्षमा हिन्दुुहाङ्ग राई र नगेशचन्द राईलाई निर्वाचत भएका थिए । सचिवमा राजेन्द्र राई, सह–सचिवमा नवीन राई, चन्द्रकला राई, शम्भु पृथक राई रहेका छन् ।
यसैगरी कोषाध्यक्षमा सुनिता राई, सह–कोषाध्यक्षमा उपेन्द्र चाम्लिङ राई रहेका छन् । सदस्यहरूमा रमेश राई, झुमा राई, सत्येन्द्र राई, मेनुका राई, केशव राई, इन्दिरा राई, चन्द्र वान्तवा राई, यलमहाङ्ग राई, अमितकुमार राई, प्रदीप राई, चन्द्रकुमार राई, दुर्गाकुमारी राई, नन्दकुमारी राई, सविता राई, नुनिहाङ्ग राई र गोपाल राई रहेका छन् ।
निर्वाचित पदाधिकारीहरूलाई कार्यक्रमका अतिथिहरूले शुभकामना बधाइ ज्ञापन गरे ।































