भोजपुर/ मौसम खराबीका कारण नेपाल वायुसेवा निगमको भोजपुर–विराटनगर उडान अवरुद्ध भएको छ ।

१५ दिनदेखि उडान ठप्प भएको हो । जसका कारण सेवाग्राहीले सास्ती खेपेका छन् । नेपाल वायु सेवा निगम भोजपुर शाखाका अनुसार मौसममा सुधार आएलगत्तै उडान सञ्चालन हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजारले बताए ।

निगमले मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा तीन दिन विराटनगर उडान भर्दै आइरहेको छ ।  भोजपुर–विराटनगर उडान अवरुद्ध भए पनि भोजपुर–काठमाडौं उडान सञ्चालन नै रहेको छ ।