भद्रपुर/ आपराधिक गतिविधि नियन्त्रणका लागि भद्रपुरमा सीसी क्यामेरा जडान गरिएको छ ।  भद्रपुरमा शुक्रबारबाट विधिवतरूपमा सीसी क्यामेरा सञ्चालनमा आएको हो ।

सीसी क्यामेराको भद्रपुर नगरका मेयर जीवनकुमार श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय झापाका एसपी भीमप्रसाद ढकालले संयुक्तरूपमा उद्घाटन गरे । क्यामेरासँगै वडा प्रहरी कार्यालय परिसरमा निर्माण भएको क्यामेरा निगरानी कक्ष (कन्ट्रोल रुम) को समेत उद्घाटन गरियो ।

वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर प्रकाश जबेगूले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

क्यामेरा जडानका लागि भद्रपुर नगरपालिकाबाट पाँचलाख, वडा कार्यालय ४ देखि ८ सम्मबाट पचास हजारका दरले साँढे दुइलाख र अन्य उद्योगी–व्यापारीलगायतबाट गरी चौधलाख रुपैयाँमा क्यामेरा जडान गरिएको इन्सपेक्टर जबेगूले बताए ।