हुम्ला । जिल्ला अस्पताल हुम्लामा उपचार गर्न आउने बिरामीले खुल्ला चउरमा उपचार गर्दै आएका छन् । गाउँघरमा रहेका स्वास्थ्य चौकीमा उपचार हुन नसेकपछि जिल्ला अस्पताल आउने बिरामीले दुई दिनदेखि जिल्ला अस्पतालको खुल्ला चउरमा उपचार गर्दै आएका छन् 

जिल्ला अस्पतालले बिरामीलाई चाँज गर्दै आएको एक कोठामा रङ्ग लगाउने कार्य भइरहेकाले बिरामीलाई गत शुक्रबारदेखि खुल्ला चउरमा सेवा दिँदै आएको जिल्ला अस्पतालका चिकित्सक टसी लामाले बताए। 

जिल्ला स्वास्थ्य कार्यालयमा भवन भए तापनि प्रयोगमा नल्याएको हुँदा अन्य भवनमा सार्नु पर्ने झन्झटले केही दिनका लागि बिरामीलाई खुल्ला चउरमा उपचार गरिने उनको भनाइ छ । 

जिल्ला स्वास्थ्य कार्यालयमा दैनिक ३० देखि ४० बिरामी परीक्षण गर्न आउने गरेको उनले बताए । दैनिक झाडापखाला, रुघाखोकीका बिरामी उपचार गर्न आउने गरेको डाक्टर लामाले बताए । पछिल्लो समय जिल्ला अस्पताल हुम्लामा औषधिको पनि अभाव देखिदै आएको छ ।