वराहक्षेत्र/ वराहक्षेत्रस्थित इलाका प्रहरी कार्यालय चतराले बेवारिसे अवस्थामा भेट्टाइएको स्कुटीलाई स्कुटी धनीको जिम्मा लगाएको छ ।

गत मङ्सिर १७ गते धरान १९का गिरिराज लिम्बूको घर अगाडि बाट हराएको उनको बा ५२ प ५८१८ नम्बरको होन्डा स्कुटी आइतबार इलाका प्रहरी कार्यालय चतरामा पत्रकारहरूको रोहबरमा बुझाएको प्रहरी सहायक निरीक्षक आमासुर राजवंशीले जानकारी दिए ।

धरान–चतरा सडकको बगुवास्थित तोरीबारीमा बेवारिसे अवस्थामा स्कुटी रहेको स्थानीयको सूचनापछि गएको प्रहरी टोलीले स्कुटी नियन्त्रण लिई कागजातको जाँच गरी धनीलाई बुझाएको राजवंशीले बताए ।
स्कुटी हराएपछि स्कुटी धनीले इलाका प्रहरी कार्यालय धरानमा उजुरीसमेत दिएका थिए ।