मधुमल्ला/मोरङको मिक्लाजुंङ गाँउपालिका –६ कालिझोडकी ७८ वर्षीया सनमाया महरालाई सहयोग जुट्ने क्रममा जारी छ ।
सनमायालाई पत्रकार श्रीमन्त भट्टराईले खाद्यान्न सहयोग गर्दै दुई बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । कमाउने छोराहरू सबै गुमाएर ३८ वर्षीया मनोरोगी छोरी र दुई बालक नातिहरूसँग कष्टकर जीवन बाँचिरहेको समाचार ब्लाष्टखबर टडकममा पढेपछि बिराटनगरबाट सञ्चालित श्रीखबर अनलाइनका सम्पादक भट्टराईले सहयोग गरेका हुन् ।
शुक्रबार सम्पादक भट्टराईले सनमायाको घरमै पुगेर दुई नातिहरू १४ वर्षीय आइस र ११ वर्षीय आइनलाई माध्यामिक शिक्षासम्म पढाउनका लागि वार्षिक जनही १० दश हजार रुपैयाँ दिने घोषणा गर्दै खाद्यान्न तथा शैक्षिक सामग्री प्रदान गरेका थिए । उनीसँगै पुगेका पत्रकार सुदीप अधिकारीको श्रीमती पबित्रा अधिकारीले पनि एक हजार रुपैयाँ व्यक्तिगतरूपमा सहयोग गरिन् ।
































