धरान । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनिया कम्पनी हुवाबेलाई ३२ करोड जरिवाना तिराएका छन् ।

सम्झौता अवधिभन्दा ६ वर्ष बढी भइसक्दा पनि काम नगरेको भन्दै हुवाबेलाई सञ्चारमन्त्रीले जरिवाना तिराएका हुन् । हुवाबेलाई नेपाल टेलिकमको सिडिएमए मोबाइल परियोजना दिइएको थियो । ठेकेदार कम्पनीले हालसम्म काम अघि नबढाएपछि मन्त्री बास्कोटा आफै कारबाहीका लागि उत्रिएका हुन् । दशवटै परियोजना ठेकदार कम्पनीको लापरवाही र टेलिकम नेतृत्वको लाचारीका कारण अलपत्र परेपछि मन्त्री कारबाही उत्रिदै छन् ।

हुवाबेले सिडिएमए परियोजना २०११ मा शुरु भएको थियो । नेपाल टेलिकम र हुवाबेबीचको सम्झौता अनुसार सन् २०१३ भित्रमा सिडिएमए बिस्तारको काम सक्नुपर्ने थियो । तर, सन् २०१८ सकिन लाग्दा पनि काम सम्पन्न नभएपछि मन्त्रीले टेलिकम पदाधिकारी र ठेकेदारलाई राखेर ३२ करोड बिगो भराउने निर्णय गरेको स्रोत बताउछ ।