रङ्गेली/ बहिरा ब्यक्तिको लागि विराटनगरमहानगरपालीकाले आगामी वर्ष विषेश कार्यक्रम ल्याउने भएको छ ।

राष्टिूय साङ्केतिक भाषा दोभाषे संघ नेपालको शुक्रबार यहाँ आयोजित आठौ साधारणसभामा बोल्दै महानगरका मेयर भीम पराजुलीले उनीहरुकोलागी जीवन उपयोगी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका ।

दोभाषेको अभावमा बहिरा ब्यक्तिमा परेको कठिनाइ महानगरले अन्त्य गर्ने पराजुलीले बताए । उनीहरुलाई जीवन उपयोगी सिपका कार्यक्रमहरु ल्याउने जानकारी गराए ।

कार्यक्रममा राष्टिूय बहिरा महासंघका केन्द्रिय अध्यक्ष केदार प्रसाद अधिकारीले अधिकार प्राप्तिका लागि सबै बहिरा ब्यक्तिहरु लाग्न आवश्यक भएको बताए । देशभरका झण्डै ५ लाख बहिराहरुका लागि जीवनउपयोगी शिक्षा आवश्यक भएको अधिकारीले बताए ।बहिरालाई अवसर चाहिएकाले सरकारका सबै तहले सहयोग गर्न पर्ने उनले बताए ।

कोशी बहिरा संघको समन्वयमा विराटनगरमा जारी राष्टिूय सांकेतिक भाषा दोभाषे संघ नेपालले दुइदिनसम्म बहिरा व्यक्तिहरुलाई नयाँ विकास भएका शब्दहरुका बारेमा जानकारी दिने दोभाषे सन्तोषी तिवारीले जानकारी दिए । बहिराहरुले पहिले २२ सय शब्दहरु बोल्दै आएकोमा अहिले ४७ सय नयाँ शब्दहरु विकास भएको र सोे बारे जानकारी दिइने छ ।

उक्त कार्यक्रममा दोभाषे संघकी शिलु शर्मा ,कोशी बहिरा संघका अध्यक्ष चेत बहादुर बराल,विराट बहिरा माविका व्यवस्थापन समितिका अध्यक्ष रमेशचन्द्र पौडेल लगायतले बोलेका थिए । मेलाको पशु विकास तथा कृषि राज्य मन्त्री रामकुमारी चौधरीले उद्घाटन गरेकी थिइन् ।