भोजपुर/ भोजपुर नगरपालिका वडा नम्बर १ मा घरघरमा विजुलि बल्न थाले पछि वडावासी खुशी भएका छन् । उज्यालो वडा घोषणा भएसँगै वडावासीका घरघर विजुली बले पछि वर्षौ देखि अध्यारोमा बस्दै आएका उनिहरु खुशी भएका हुन् ।

वडा कार्यालयको १ लाख र नेपाल विद्युत प्राधिकरणको १५ लाख गरि जम्मा १६ लाखको लागतमा वडामा विजुली बालिएको हो । वडावासीलाई विजुलीको पहुच प्रदान गर्न वडाध्यक्ष विष्णु भुजेलको नेतृत्वमा जनप्रतिनिधीले विजुलीको पोल बोक्ने , गाड्ने तथा तार टाङने काम गरेको अध्यक्ष भुजेलले बताए ।

उनले भने “वडामा विजुली बाल्न हामीले विजुलीको पोल बोक्यौ , पोल गाड्यौँ र तार टाग्यौँ जुन प्रयासबाट अहिले ३ सय ३२ घरमा झिलिमिली बत्ति बल्दा वडावासि खुशी छन् ” म पनि खुशी छु । वडामा विजुली बाल्न प्राविधिक सहयोग भने नेपाल विद्युत प्राधिकरण भोजपुर विरतरण शाखाले गरेको थियो ।

३३ केभिए प्रशारण लाईनको विजुली वडामा बाल्न अध्यक्ष भुजेलले सक्रिय भुमिका खेलेको विद्युत प्राधिकरण भोजप’र शाखा प्रमुख राम आशिष शाहले बताए ।

अहिले गाउगाउमा विजुली बले पछि स्थानियलाई टेलिभिजन हेर्न ,मोवाईल चार्ज गर्न , कम्प्युटर , ल्यापटप चलाउन समेत सहज भएको वडा नम्बर १ भाम्राङका स्थानिय संगम तामाङले बताए । उज्यालो वडाको घोषणा भोजपुरबाट निर्वाचित प्रतिनिधी सभा सदस्य संघिय सांसद सुदन किरातीको प्रमुख आतिथ्यतामा गत बुधबार सम्पन्न भएको थियो ।