इटहरी/ इटहरी–४ का ६ वर्षीया बालिका बिस्कुट अड्केर मृत्यु भएको छ । सञ्जीव चौलागाईको छोरी श्रुती चौलागाईको बिस्कुट अड्केर ज्यान गएको प्रहरीले जनाएको छ । बिस्कुट अड्केर बालिकालाई तत्काल उपचारको लागि स्थानीय बेदान्त अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
































