इटहरी (ब्लाष्ट) इटहरीमा शुक्रबारदेखि खाद्य मेला शुरु भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले ‘परम्परागत, पोषिला एवम् स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौँ, असल पोषणका लागि खानेबानीमा सुधार गरौँ’ भन्ने नाराका साथ मेला शुरू गरेको हो ।
मेलामा जुम्लाको स्याउदेखि झापाको घरेलु उद्योगबाट उत्पादित वस्तुहरू पावर, पालुगो, आँटा, भुई स्याउ, अलैँचीदेखि मार्सी चामलसम्मका ६० वटा स्टल रहेका छन् ।

मेलामा जातीय तथा परम्परागत पोषिला खाद्यान्नहरू राखिएका छन् । इटहरी उद्योग वाणिज्य सङ्घ र घरेलु तथा साना उद्योग महासङ्घ सुनसरीको सह–आयोजनामा मेला लागिरहेको छ ।