तेह्रथुम/ लालिगुराँस नगरपालिका ५ दागपामा रहेका किसानहरुलाई कसरी दिगो व्यवसायी बनाउन सकिन्छ भनेर छलफल गरिएको छ ।

कार्यक्रममा व्यवसायिक रुपमा पशु पाल्ने तरिका, पशु लगानी, तरकारी तथा फलफुल खेती, बजारिकरण लगायतका विषयमा छलफल भएको थियो । जलकन्या दुग्ध उत्पादन सहकारी सस्थाको हलमा भएको कार्यक्रम एसोशियसन अफ एग्रीकल्चरका प्रमुख योगेस खड्का र हुमन सर्मिसका राजु अधिकारीले सहजिकरण गरेका थिए ।

छलफल कार्यक्रममा एसोसियसनका पदाधिकारीहरु र सदस्य गरि ४० जनाको सहभागिता रहेको सहभागि सोवित कार्कीले बताए ।