धनकुटा/नेपालतामाङ घेदुङ, इटहरी उप-महानगर कार्यसमितिको अध्यक्षमाचन्द्र गोम्देन पुनः सर्वसम्मत चयन भएका छन ।
इटहरी घेदुङको आयोजनामा मंगलबार सम्पन्न सातौं उपमहानगर अधिवेशनबाट गोम्देन लगायत कार्य समितिका सबै पदाधिकारी एवं सदस्यहरु सर्वसम्मत चयन भएकाहुन् । खुलाउपाध्यक्षमा देव गोम्देन, महिलाउपाध्यक्षमा मैंया घिसिङ, सचिवमा जानुकला पाख्रिन, कोषाध्यक्षमा सिता गोले र सह-सचिवमा रामकुमार मोक्तानपनि सर्वसम्मत चयन भएका छन् ।
नेपालतामाङ घेदुङका केन्द्रिय सल्लाहकार सुजेनद्र गोले तामाङको प्रमुख आतिथ्यमा सम्पन्न सातौँ उपमहानगर अधिवेशनले नगर घेदुङ सदस्यहरुमा प्रेम तितुङ, पदम मोक्तान, ज्योती घिसिङ, तिला पाख्रिन, गणेश सिंगार, सन्त घिसिङ, पदम ग्याबा, लाखमान योञ्जन, दिलकुमार योञ्जन र दिपा घिसिङ सर्वसम्मत चयन भएका छन् ।
नव निर्वाचित सबैलाई प्रमुखअतिथि नेपालतामाङ घेदुङका केन्द्रिय सल्लाहकार सुजेन्द्र गोलेले सपथग्रहण गराएकाथिए । अध्यक्ष गोम्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिगोले, प्रदेश समितिका कार्यवाहक सचिव मणि तितुङ, सुनसरी जिल्लाअध्यक्ष सुरज पाख्रिन, इटहरी नगर उपाध्यक्ष देव गोम्देन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
































