सिरहा/ सिरहाको मिर्चैया नगरपालिकामा महाविर झन्डा मेला महोत्सवमा आयोजकद्धारा विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मानित भएका छन् ।
मिर्चैया नगरपालिका वडा नम्बर ५ स्थित झन्डा टोलमा सम्पन्न श्री महाविर झण्डा मेला महोत्सवको सातौं दिन आयोजकले मेलामा सहयोग गर्ने अन्नदाता, चन्दादाता, सहयोगी, नागरिकसमाज, बुद्धिजिबी, प्रशासन, सञ्चारकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेका छन् ।
महाविर झण्डा मेला समितिका अध्यक्ष राजेन्द्र साहको अध्यक्षता तथा मिर्चैया नगरपालिकाका जेष्ठ नागरिक समाजका अध्यक्ष राधाकृष्ण साहको प्रमुख आतिथ्यमा भएको सम्मान कार्यक्रममा सहयोगी हातहरुलाई सम्मान गरिएको समितिका कोषाध्यक्ष रुकेश साहले बताए ।
महाविर झण्डा मेला महोत्सवको अन्तिम दिन मनोरञ्जनका लगि हेलो मधेश लाईभ कन्सर्ट कार्यक्रम अयोजना गरिएको थियो । जसमा चर्चित गायक राम मण्डल, भागवत मण्डल, सन्नु कुमार, कमला मण्डल जस्ता कालाकारहरुको प्रस्तुति रहेका थिए ।
संस्कृति संरक्षण सम्वद्धन तथा धर्मप्रतिको आस्था कायम राख्न र विश्व कल्याण गर्ने उदेश्यले मंसिर ११ गतेदेखि सुरु भएको मेला महोसवमा महाविरको झण्डा ६० फिट अग्लो निर्माण गरिएको थियो ।
मेला महोत्सवमा मनोरञ्जनका लागि सांस्कृतक कार्यक्रमको साथै झरनी, रामहिलोरा, सर्कस लगायतका खेलतमाशाको समेत आयोजना गरिएको थियो ।
































