धनकुटा / नेपाल तामाङ पत्रकार सङ्घको प्रथम संखुवासभा अधिवेशनले मेघराज तामाङलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
आइतबार सम्पन्न अधिवेशन सचिवमा अमिस तामाङ र कोषाध्यक्षमा डोल्मा तामाङ चयन भए । यसैगरी सदस्यहरूमा सुमित्रा तामाङ, लक्की तामाङ, पेमा तामाङ, सुनामाया तामाङ, मनोज तामाङ, मित्रकुमार तामाङ, भविस तामाङ, कमल तामाङ, श्यामकुमार तामाङ, सम्झना तामाङ, राधिका तामाङ र हेमकुमार तामाङ रहेका छन् ।
जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य, तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर लामा, तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिका सदस्य एवं संखुवासभा जिल्लाका संयोजक मोहन तामाङको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।
































