दमक/ मानिसलाई सफल हुन धेरै पढ्नु पर्छ, शरिरका हरेक अंगहरु शक्रिय नै रहनु पर्छ भन्ने छैन । साधारण औपचारिक शिक्षा तर कडा मिहनत र निरन्तरताले मानिसलाई सफल बनाउन सक्छ ।

खेमनाथ निरौला । उमेरले २ कोरी पार गरिसकेका छन् । १५ वर्ष देखी झापाको दमक स्थित बेलडाँगी रोडमा सानो पसल खोलेर बस्नु भएको छ । उनको पसल अन्य पसल जस्तो झकिझकाउ छैन । तर आफुलाई चाहिने सम्पूर्ण सामानहरु छन् ।

१६ वर्ष अघि क्यारितास नेपालमा उनले बिजुली सम्बन्धीका बिभिन्न कामहरु सिकेका थिए । त्यसै बेला सिकेको सिपले आज उनकोे जिन्दगीमा खुसी मात्र हैन मनग्गे आम्दानी पनि दिएको छ ।
दमकमा घर घडेरी जोडेका छन् ।

छोराछोरीलाई निजी बिद्यालयमा पढाएका छन् । अनि यति मात्र हैन उनले अहिले आफुसँगै थप अरु २ जनालाई जागीर समेत दिएका छन् । १६ वर्ष अघि क्यारितास नेपालमा काम गर्ने एक जना व्यक्तिसँग उनको साधारण चिनजान थियो ।

उनै साथी मार्फत क्यारितासले उपलब्ध गराउने इलोक्ट्रिसियनको तालिममा सहभागी बन्ने अवसर मिलेको निरौलाले बताए । बिजुलीका कामसँगै डि फ्रिज, टिभि, ठुला आकारका मोटरहरु,वसिङ मेसीन, रेफ्रिजेनेरेटर जस्ता इलोक्टूोनीक सामानहरु कसरी बनाउने भन्ने सिप सिके पछि उनले त्यो सिपलाई आफ्नो जीवन परिर्वतनमा लगाउने अठोट गरे ।

पोलियो रोग लागेका कारण गह्रौ र भारी काम गर्न नसक्ने भए पछि यो सिपलाई नै उनले आफ्नो जीवनको गरिखाने पेषा बनाएका हुन । त्यसबेला तालिम लिने खेमनाथ मात्र एक्ला व्यक्ति भने हैन । उनीसँगै सिप सिकेकाहरु केहि समय काम गरे ।

तर अहिले ति कहाँ छन् भनेर सोधि खोजी गर्दा पनि भेट्न गाह्रो छ ।

असाधारण मिहनत अनि कडा परिश्रम गर्ने खेमनाथ भने अहिले दमकमा परिचित बनेका छन् । अनि मनग्गे कमाई पनि गरिरहेका छन् । त्यसैले उनको अहिलेका यूवा वर्गलाई उहाँको सुझाव छ सिप सिकौ र सिपको प्रयोग गरि स्वाविलम्वी बनौ ।  जीन्दगी आफै बन्छ् । खेमराज मासिक ४० देखी ५० हजार कमाउछन् । यहि कमाईले उनलाई बिदेशको भन्दा बढि आनन्द दिएको बताउँछन् ।

खेमराजको भनाई छ बैदेशिक रोजगारलाई निरुत्साहित गर्न स्थानयी बिभिन्न स्वरोजगारका कार्यक्रम ल्याउन पर्यो जस्ले तालिम दिने मात्र हैन तालिम लिएर संबन्धित सिपमा आधारित काम वा व्यवसाय गर्न र गराउन सहयोग गरिदिनु पर्यो ।

अनि बिदेशबाट फर्केकाहरुलाई बिदेशमा सिकेको सिप र कमाएको कमाईलाई कसरी यहि उत्पादनशिल ठाउँमा लगानी गर्न सकिन्छ , कुन-कुन क्षेत्रहरु लगानीका दृष्टिकोणले सुरक्षीत छन् जस्ता कुराहरुमा स्थानिय तहले ध्यान दिने हो भने पनि यहाँ अहिलेको तुलनामा ५० प्रतिशत स्वरोजगार सिर्जना हुन सक्छ ।

नगरको स्वरोजगारमुखी अभियान
दमक नगरपालिकाले आफ्नै ठाउँमा बिभिन्न सिप सिकेर स्वाविलम्वी बन्न चाहनेका लागि उत्प्रेरक कामहरु गरिहेको छ । दमक नगरपालिकाले नै हरेक वडामा बिभिन्न सिपमुलक तालिम संचालन गरिहेको छ । थोरै लगानीमा पनि मनग्गे पैसा कमाउन सकिन्छ भन्दै वैदेशिक रोजगारलाई निरुत्साहित गर्न नगरपालिकाले यस्ता कार्यक्रम ल्याएको छ ।

नगरपालिकाले उपमेयर स्वरोजगार कार्यक्रम नगरको टोल-टोलमा पुर्याइरहेको छ । नगरले एक वडा एक पहिचानको अभियान चलाईरहेको नगरकी उप -प्रमुख गीता अधिकारीले बताइन् ।
 ।