विजयपुर । विदेशमा कामदारका लागि गएका नेपालीहरु पारिवारिक खर्च जोहोसैगै केही कमाई नेपालमा रहेका अनाथ तथा असहाय बालबालिका, बृद्धाश्रमहरुलाई सहयोग गर्ने क्रम बढ्दै गएको छ ।

सामाजिक कामम अभिप्रेरित भएरै यस्ता वैदेशिक रोजगारीमा गएका नेपालीहरु सामाजिक कार्यमा अभिप्रेरित बन्दै गएका हुन् । यही क्रममा धरान १ मा रहेको अपांग पुनर्स्थापना गृह बालबालिकालाई समेत वैदेशिक रोजगारमा गएका नेपाली कामदारले रकम जुटाएर सहयोग गर्ने क्रमले निरन्तरता पाएको छ । साच्चै नै भन्ने हो भने यो गृह सरकारी सहयोगभन्दा पनि यसरी नै चलेको छ । यहा बार्षिक सैयौ दाताहरुले सहयोग गरेकै भरमा चलेको छ ।

पछिल्लो समय हङकङमा काम गर्ने नेपालीहरुले सहयोगी संस्था नै खोलेर पर्वका विभिन्न स्थानमा सहयोग गरेका छन् । हङकङ यमाते सहयोगी समाज गठन गरेर केही समय अगाडिदेखि पूर्वका विभिन्न स्थानमा सहयोग गर्दै आएको उनीहरुले ४ सय केजी, मुसुरी दाल ७५ केजी, कालो दाल २५ केजी, पोष्टमेन तेल चार कार्टुन (४० लिटर) का साथै नगद ११ हजार ६ सय रुपैया सहयोग गरेका छन् ।

सहयोगी हातहरुकै भरमा यो गृह चलेको गृहका प्रमुख भीम राईले बताए । उनले सहयोग र दाताहरुले दिएको दानबाटै यहा भएका अपांगहरुको शिक्षा, स्वास्थ्य र गास, बासको व्यवस्था गरिएको बताए ।

यता सहयोग गर्ने संस्था हङकङ यमाते सहयोगी समाजका सदस्य विक्रम मगरले आफूहरुले आर्जन गरेको केही रकम समाजिक काममा अभिप्रेरित गर्ने उद्देश्यले संस्था गठन गरेको बताउदै गठन गरेपश्चात विशेष गरी सरकारी सहयोग प्राप्त नहुने दाताकै भरमा चल्ने संस्थाहरुलाई सहयोग गर्दै आएको बताए ।

यो संस्थामा अहिले २३ जना अपांगता भएका बालबालिकाहरु आश्रित छन् । उनीहरुलाई पढाइका साथै विभिन्न सीपमूलक तालिम समेत सिकाइने गरिएको छ । तालिमबाट सिकेर तीन बर्ष अगाडिदेखि उनीहरुले बासका विभिन्न सामाग्री बनाएर विक्री समेत गर्ने गरेका छन् ।