साँगुरीगढी/आर्थिक अभावका कारण उपचार प्रभावित बनेको धनकुटा चौबिसे बालक सन्देश तामाङ्गलाई रकम हस्तान्तरण गरिएको छ ।

धनकुटा खबरले चौबिसे–२ बन्दुके डाँडाका ७ वर्षीय तामाङ्गको परिवारलाई ३० हजार ३ सय ३३ रुपैंया हस्तान्तरण गरिएको हो ।

उक्त रकम नेपाल पत्रकार महासंघ धनकुटाका अध्यष राजेश्वर बहादुर श्रेष्ठ र उपाध्यक्ष नगेन्द्र राईले हस्तान्तरण गरे । २०७३ सालमा करेन्ट लागेर एक हात गुमाएर आधा शरिर अपाँगता भएका उनको उपचारमा समस्या भएको छ । यसअघि हङकङबासीले २ लाख १३ हजार रुपैया रकम सहयोग गरेको थियो ।