दमक/गाईको नश्ल रक्षाका लागि गोेरक्ष महोत्सव आयोजना भइरहेको छ ।  झापाको शिवसतासी नगरपालिकास्थित साताक्षीधाममा मंसिर १० गतेदेखि महोत्सव लागिरहेको छ । गोलोक गोवर्धन गौशालाको आयोजनामा मंसिर २० गतेसम्म महोत्सव लाग्ने भएको हो ।

महोत्सवमा गाईको महत्वका बिषयमा जानकारी दिन पुराणको समेत आयोजना गरिएको छ । गौशालामा हाल २ सय ६८ वटा गाई रहेका छन् । गाई संरक्षण गर्ने उदेश्यले नै बिगत तीनवर्षदेखि लगातार महोत्सवको आयोजना गरिदै आएको छ ।

गौशालामा सात जना गौरक्षक रहेका छन् भने गाईको उपचारका लागि कामधेनु गौ चिकित्सालय समेत स्थापना गरिएको छ ।  पूर्वीय दर्शनअनुसार अनुसार गाईले मानिसको जीवन रक्षा गर्दै बिभिन्न चरणमा पार गदै आएको पौराणिक कथन छ । तर, दिनानुदिन गाईको नश्ल लोप भएर गएको भन्दै महोत्सव लगाउने तयारी भएको हो ।

धार्मिक तथा पौराणीक कथनअनुसार गाईले पृथ्वीको रक्षा गर्दै मानिसलाई बचाउदै ल्याएका थिए ।

गाई र मानिस बीचमा महत्वपुर्ण सम्बन्ध रहेको छ । यस्तो महत्व बोकेका गाईको जीवनभरी दुध खाने र बुढो भएपछि बधशालामा पु¥याउने चलनका बिरुद्ध गोरक्षा महोत्सव आयोजना गरिएको महोत्सव आयोजक समितिका संंयोजक पण्डित किशोर भारद्धाजले बताए ।