धरान / धरान उपमहानगरपालिका वडा नं। १७ स्थित डाँडाघोपामा धानको कुन्यूमा आगो लागेको छ । आगलागीमा करिव १२ कठ्ठा क्षेत्रफलमा फलेको धान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
कुन्युमा आगो लाग्ने वित्तिकै धरान उपमहानगरपालिकाको दमकललाई खबर गरेपनि दमकल आइपुग्न नै आधाघण्टा भन्दा बढी समय लागे पछि क्षगो निभाउन समय लागेको स्थानीयले बताएका छन् ।
आगलागी पीडित किसान सनबहादुर नेपालीले १२ कठ्ठामा लगाएको धान जलेर नष्ट भएको बताए । धानसँगै करिब १० भारी जती मास ९दाल० समेत जलेर नष्ट भएको छ । हिजाे राती लागेकाे अागाे किरव अाधा घण्टामा नियन्त्रणमा अाएकाे थियाे ।