चतरा/ वराहक्षेत्रकाे चतरास्थित सप्तकाेशी नदीमा स्थानीय सरकारकाे प्राेत्साहनमा नयाँ निजी कम्पनीले अत्याधुनिक जेटबाेट र रिसाेर्ट सञ्चालन गर्ने भएकाे छ । नगरकाे पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यले  निजी कम्पनीलार्इ प्राेत्साहन गरिएकाे नगर प्रमुख निलम खनालले जानकारी  दिए । 

वराहक्षेत्र नगरपालिकाले  निजी संस्था, व्यक्ति वा व्यवसायिक फर्मलार्इ वराहक्षेत्रमा उद्याेग, पर्यटनमा लगानी गर्न अाह्वान र प्राेत्साहन गर्ने कार्यपालिका बैठकले निर्णय गरेकाे छ । त्यसैकाे कदम स्वरूप नगरले पर्यटन क्षेत्रकाे  विकासका लागि नयाँ उद्यमीलार्इ प्राेत्साहन गरेकाे नगर प्रमुख खनालले बताए । 

कम्पनीले पर्यटन मन्त्रालयकाे स्वीकृति र नगरकाे सहमतिमा प्राेजेक्ट शुरू गर्न लागेकाे हाे । 

वराहक्षेत्रकाे वडा नं. १  स्थित काेशी पुल दक्षिण तिर एक्कासी  काेशीसम्म पुग्ने बाटाे खन्न थालिएपछि स्थानीयले विराेध जनाएका छन् । जानकारी बिना नै कसैले अाएर बाटाे खन्न थालेपछि विराेध गरेर काम राेकेकाे स्थानीयले बताएका छन् । 

'स्थानीयकाे सहमति बिनै, एेनले ताेकेकाे वातावरणीय प्रभाव मूल्यांकन बिनै काम शुरू गरेपछि हामीले कसकाे अनुमतिले बाटाे खन्न थालिएकाे हाे  केही अाधार प्रमाण नभेटेपछि काम राेक्न अनुराेध गरेका हाैं ।' स्थानीय लक्ष्मी मालाकारले भने । 

Bato-banaudai

स्थानीयकाे व्यापक विराेधपछि र गुनासाे पछिमात्रै काम भइरहेकाे बारे जानकारी पाएकाे  वडा अध्यक्ष सुरेश श्रेष्ठले बताए । उनले नगरप्रमुख र  नगरपालिकाबाट जेटबाेट र रिसाेर्ट सञ्चालन गर्न अनुमति प्रदान गरेकाे बारे जानकारी नपाएकाे बताए । 'मैले नगर प्रमुखलार्इ फाेन गरेपछिमात्र काम भइरहेकाे बारे उहाँले माैखिक जानकारी दिनु भएकाे हाे ।' वडाध्यक्ष श्रेष्ठले भने ।

हाल वराहक्षेत्र नगरपालिका सुनसरी र बेलका नगरपालिका उदयपुरकाे सीमा भएर बग्ने सप्तकाेशी नदीमा दुर्इ वटा जेटबाेट सञ्चालनमा छन् । जेटबाेट सञ्चालनमा अाएपछि स्थानीय युवाले हाेटल तथा रिसाेर्ट खाेल्ने क्रम बढेकाे छ । जेटबाेट सुनसरी, उदयपुर, भाेजपुर, धनकुटा  जिल्लाका सीमासँग प्रत्यक्ष जाेडिँदा त्यहाँका स्थानीय सरकारसँग अनुमति लिनु पर्ने, कर तिर्नु पर्ने लगायतका सहमति सञ्चालकले लिनु पर्ने हुन्छ ।