मङ्गलबार सुनसरीको खनारमा हतियार भित्रिएको आशङ्का गरिएको छ ।

हतियार भित्रिएको गोप्य सूचना प्रहरीसँग पनि पुगेको जनाइएको छ । हतियार भित्रिएको आशङ्कामा खनारका सुशील चौधरीको घरमा भाडामा बस्ने सुशील शाहको कोठामा सिआईबी टोलीले छापा मारेको थियो । छापा मारेको भोलिपल्ट नै हुसेनको हत्या हुनु शङ्कास्पद रूपमा हेरिएको छ ।

सुनसरीको खनारमा एक व्यक्तिको घरमा खानतलासी गरी एक जनालाई मङ्गलबार राति नै पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । हतियारको गोप्य सूचनाकै आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको हो वा अन्य कुनै कारणले त्यो भने खुलेको छैन 

। फिदा हुसेनलाई किन गोली हानियो भन्ने यकिन तथ्य बाहिर आउन सकेको छैन । केही समयअघि सुनसरीकै भोक्राहामा मौलाना खुर्सिद आलमको गोली हानी हत्या गरिएको थियो । त्यो घटनामा कसको संलग्नता थियो भन्नेसम्म बाहिर आउन सकेको छैन ।

सो घटनाको लामो समय बित्न नपाउँदै मुस्लिम समुदायकै व्यक्तिमाथि गोली हान्नुले धेरै आशङ्का जन्माएको छ ।