भद्रपुर / भन्सार छलेर सामान ओसार पसारमा संलग्न भारतीय कारसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापा मेचीनगरपालिका–६ बाट मङ्गलबार विहान साँढे ५ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
भारतीय नम्बर प्लेट डब्लू बी ७७६९७९को कारमा राखेर कपडा ल्याउदै गरेको अवस्थामा कारसहित चालक रविन्द्रनाथ गोपलाई नियन्त्रणमा लिइएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । कपडालगायत मरिच, गाडीको पार्टपुर्जा र अन्य गरी दुई लाख ७७ हजार २ सय मूल्य बराबरको सामान बरामद गरेको डिएसपी श्रेष्ठले बताए । कार र चालक गोपलाई आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छ ।