भद्रपुर / सशस्त्र प्रहरीले गएराती झापाका विभिन्न नाकाबाट एउटा मोटरसाइकल सहित ५ लाख मूल्य बराबरको अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल गण नम्बर २ झापाबाट खटिएको प्रहरी टोलीले सुर्ती, कपडा किराना सामान, डिजेल लगायतका सामग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

मेचीनगरपालिका–१० बाट चारलाख मूल्य बराबरको सटिङ्सुटिङ्, स्वेटर, कुर्ता सुरुवाल ,ज्याकेटलगायतका कपडा बरामद गरेको जनाएको छ । त्यस्तै भारतबाट को ६ प ४०९५ नम्बरको होण्डा मोटरसाइकलमा राखेर ल्याउदै गरेको ५८ हजार दुइसय पचास मूल्य बराबरको दुइ बोरा सुर्ती र मोटरसाइकलसहित झापा गौरादह नगरपालिका क्षेत्रबाट बरामद गरेको जनाएको छ । त्यसैगरी भद्रपुर–४ डाँगीबारीबाट ४० हजार ६ सय ५० मूल्य बराबरको किराना सामान बरामद गरेको छ भने भारत तर्फ लैजादै गरेको डिजेल समेत बरामद गरेको जनाएको छ । बरामद सामग्रीलाइ आवश्यक कारबाहीका लागी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको सशस्त्रका डिएसपी ओजिस ओलीले जानकारी दिए ।