छठ पर्वको तेस्रो दिन: अस्ताउँदो सूर्यलाई अर्घ अर्पण (तस्बिरहरू)

alt
  • कार्तिक २७, २०७५
  • ३२० पटक पढिएको
  • ब्लाष्ट खबर

विराटनगर/ आज छठ पर्वको तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी हर्षोल्लासपूर्वक रुपमा छठ पर्व मनाइँदैछ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा सम्पन्न हुने गर्दछ ।

छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसानाको चामललगायतका खाद्य वस्तु प्रयोग गर्न निशेष गरिएको हुन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आइतबारदेखि शुरु भएको हो ।

छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइने जनविश्वास रहेको छ । यो पर्वको व्रत बसेमा मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याण हुने विश्वास रहेको छ ।

विराटनगर महानगरपालिका क्षेत्रमा मधेशी र पहाडी समुदाय संयुक्तरुपमा यो पर्व मनाउँदा यसले सामाजिक सद्भाव कायम गरेको छ । विराटनगरको पूर्वमा सिघिया र पश्चिममा रहेको केसलीया खोला तथा महानगरपालिकाबीचको दुवै क्षेत्रमा रहेको नहरको डिल र पोखरीमा टेण्ट गाडी विभिन्न ध्वजा, रङ्गीचङ्गी बिजुली बत्तीले सजावट गरिएको क्षेत्रमा आज अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिई यो पर्व समापन हुने गर्दछ ।

- रासस 

तस्बिरहरूः  ब्लाष्ट/ अनिल श्रेष्ठ

अमेरिकी गोलीकाण्डमा ...

ह्यूस्टन/ अमेरिकाको टेक्सास राज्यको सान एन्टोनियोमा आइत ...

मोदीको गाउँमा बाँदरक ...

विराटनगर । खेतमा लगाएको तरकारी बालि छरपष्ट छ । पाक्न ला ...

प्रदेश १ का चार राज् ...

प्रदेश १ सरकारले नियुक्त गरेका चार राज्यमन्त्रीले सपथग् ...

कवि माङ्लाकलाई समथिङ ...

धरान/ उत्तरवर्ती साहित्यिक आन्दोलनका मुख्य प्रवर्तक साह ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved