Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • अपहरित ७९ विद्यार्थी रिहा

अपहरित ७९ विद्यार्थी रिहा

  • कार्तिक २२, २०७५
  • ब्लाष्ट खबर

याउन्डे ।   क्यामरुनमा हतियारधारीद्वारा अपहरित ७९ जना विद्यार्थीलाई नियन्त्रणमुक्त गरिएको छ । गत सोमबार अपहरित उनीहरुलाई सकुशल नियन्त्रण मुक्त गरिएको क्यामरुनका सञ्चार मन्त्रीले बुधबार एएफपीलाई जानकारी दिए । अपहरण मुक्त भएकाहरुको बारेमा विस्तृत विवरण भने अहिले दिइएको छैन ।

फ्रान्स भाषीको बाहुल्यता रहेको देशको अंग्रेजी भाषीको बाहुल्यता रहेको ठाउँबाट उनीलाई अपहरण गरिएको हो । उक्त क्षेत्रलाई क्यामरूनबाट छुट्ट्याउन सङ्घर्ष गर्दै आएको समूहले विद्यार्थीलाई अपहरण गरेको सरकारी अधिकारीले जनाएका छन् ।

विद्यालय सञ्चालन भइरहेको समय विद्रोहीको एक सशस्त्र समूह पे्रस्बिटरियन माध्यमिक विद्यालय, वामेडामा प्रबेश गरी विद्यालयका प्रिन्सिपल, एक शिक्षक र बस चालकलाइसमेत विद्यार्थीसँगै लगेको थियो । उक्त क्षेत्र क्यामरूनको उत्तरपश्चिममा पर्छ । क्यामरूनमा हुँदै आएको १३ महिने अशान्तिका कारण भएको यो अपहरणको घटना अहिले सम्मकै ठूलो भएको बताइएको छ ।

क्यामरूनमा विगत ३५ बर्षदेखि राजनीतिक नेतृत्वमा रहेका ८५ बर्षीय राष्ट्रपति पाउल बियाले गत अक्टोबरमा भएको निर्वाचनबाट सातौँ कार्यकालका लागि चुनिएको केही समयमा नै यो घटना भएको हो । यद्यपि निर्वाचन परिणाप्रति विपक्षीले धाँधली भएको बताउँदै असन्तुष्टी जनाउँदै आएका छन् । निर्वाचनमा बियाले ७१.३ प्रतिशत मत प्राप्त गरी जितेको दावी गरिए पनि निर्वाचनमा सरकारी अधिकारीले नै हुलदङ्गा मच्चाएर निम्न सङ्ख्यामा सहभागिता भएको विपक्षीको आरोप राष्ट्रपतिमाथि छ । क्यामरूनमा दुई करोड २० लाख अंग्रेजी भाषी नागरिक छन् र अल्पसङ्ख्यक उनीहरू आफ्नो भू–भागलाई स्वतन्त्र गरिनुपर्ने बताउँदै आएका छन् । विश्व युद्धपूर्व क्यामरून जर्मनीको कोलोनीका रूपमा रहेकोमा विश्वयुद्धपछि बेलायत र जर्मनीको अधिनमा गएको थियो । सन् २०१६ मा स्वतन्त्रताका लागि आवाज उठाएपनि अंग्रेजी भाषीलाई बियाले राज्यशक्तिको बलमा दबाएका थिए । सन् २०१७ को अक्टोबर १ मा एङ्लोफोन समुदायले देशको उत्तरपश्चिमी तथा दक्षिण पश्चिमी क्षेत्रलाई अम्बाजोनिया गणतन्त्रका रूपमा घोषणा गरेका थिए तर यसलाई कुनै पनि राष्ट्रले मान्यता दिएको छैन । क्यारूनमा भएका हिंसात्मक आन्दोलनमा परी ४०० नागरिकको मृत्यु भएको छ भने १७५ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । (रासस÷एएफपी) –––

सम्बन्धित समाचार
अनियमिततामा मुछिएका कार्यालय प्रमुख झाको सरुवा

विराटनगर । कोशी प्रदेशको उदयपुरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा भए ...

‘गाउँ आएको बाटो’ हङ्कङको विश्वविद्यालयमा प्रदर्शन

हङकङ । नवीन सुब्बाद्वारा निर्देशित र दयाहाङ राई अभिनित नेपाली चलचित्र ‘गाउँ ...

सुध्रिएन हर्क साम्पाङमा असामाजिक चरित्र

धरान । श्रम संस्कृति पार्टीको नेतृत्व गरिसकेपछि पनि धरान उपमहानगरपालिकाका प ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
अनियमिततामा मुछिएका कार्यालय प्रमुख झाको सरुवा
‘गाउँ आएको बाटो’ हङ्कङको विश्वविद्यालयमा प्रदर्शन
सुध्रिएन हर्क साम्पाङमा असामाजिक चरित्र
सरकारी प्रणालीको चरित्र उजागार गर्ने एउटा घटना
आजको राशिफलः २०८२ साल मङ्सिर १९ गते शुक्रबार
बिर्तामोडबाट राजश्व छलीको सामान बरामद
नेवार संस्कृतिमा यःमरीको विशेष महत्व
मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदायका उँधौली पर्व
मधेशमा एमालेले २२ दिनमा तीन मुख्य पद गुमायो
आयुर्वेदिक औषधिमा ब्रह्मलुट
एनसेलको १० दिने उत्सव
बसपार्क सञ्चालनमा ध्यान देऊ
आजको राशिफलः २०८२ साल मङ्सिर १८ गते बिहीबार
जेन जी आन्दोलनः सरकारी कार्यालय जलाउने एमालेका कार्यकर्ता पनि
बनेर पनि नचलेको धरान बसपार्क
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
नमस्ते भन्ने कि नमस्कार ?
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
टिकटकको नयाँ फिचर्स सेवा सुरु
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved