विराटनगर / श्रम सम्झौता बेगरमा काम लगाउँदै आएको मोरङको बुढीगंगा गाउँपालिका – १ स्थित आरती स्ट्रिप्स प्रालिका मुख्य संचालक संजय सिंघलले उद्योगमा कार्यरत कामदारलाई निर्घात कुटपिट गरेका छन् । जस्तापाता उत्पादन गर्ने यस उद्योगका संचालक सिंघलले उद्योगमा १७ वर्षदेखी काम गर्दै आएका कामदार इन्द्रजित गर्र्गलाई दुव्र्यवहार गर्दै कुटपिट गरेका हुन् । संचालक सिंघलले इन्द्रजीतलाई कुटपिट गर्दै ज्यानै मार्ने सम्मको धम्की दिएपछि मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा ज्यानको सुरक्षाको माग राख्दै कुटपिट गर्ने उद्योगका संचालक सिंघललाई कारवाहीको माग राख्दै निवेदन दर्ता गराएका छन् । ‘उद्योगको अनुगमन गर्दै कार्यालयमा आएका थिए,’ कुटपिटबाट घाइते भएका इन्द्रजितले भने,’ ‘काम गरि रहेको बेला एक्कासी मुक्का प्रहार गर्दै ममाथि कुटपिट गरे ।’ बुढीगंगा गपामा रहेको उद्योगमा पहिले कुटपिट गरेपछि भारतको सिलगुडीमा समेत रहेको कार्यालयमा बोलाएर त्यहाँ पनि कुटपिट गरेको उनको भनाई छ । कुटपिट पछि दुव्र्यहार समेत गरेको उनले बताए । ‘मलाई संचालकले संजय सिंघलले पहिले कुटपिट गरे, त्यसपछि उनले खाएको जुठो पानी मेरो मुखमा छ्यापिदिए,’ उनले ब्लाष्टखवरसँग भने । उद्योग परिसरमै रहेको क्वाटरमा बस्दै आएका उनलाई एक्कासी उद्योग प्रवेशमा निषेध गर्दै कुटपीट गरेर निकालिएपछि आफ्नो भएभरको सामाग्री समेत लिने अवसरबाट बन्चित हुनु परेको उनले गुनासो पोखे । उनका अनुसार आफु बस्दै आएको क्वाटरको कपडाहरूसमेत जलाइदिएको बताए । कामदार इन्द्रजीतलाई निर्घात कुटपिट गरि उद्योग प्रवेशमा निषेध गरिएको पीडितको गुनासो छ । असुरक्षीत भएको महसुस गर्दै पीडितले दिएको निवेदन दर्ता गरि जिल्ला प्रहरी कार्यालय मोरङमा उक्त निवेदन पठाएको जिल्ला प्रशासन कार्यालय मोरङका साहय प्रमुख जिल्ला अधिकारी उमेशराज पाण्डेले बताए । कामदारमाथि दुव्र्यवहार गर्ने सिंघल भुषण पावर एण्ड स्टील लि.इण्डियाको विङ्सको रुपमा मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीमा सञ्चालित आरती स्ट्रिप्स प्रा.लि.को प्रवद्र्धनात्मक (प्रमोटर) निर्देशक हुन् । इन्द्रजीतमाथि भएको दुव्र्यवहार तथा कुटपिटका सम्बन्धमा आरतीका निर्देशक मध्येका एक संजीव शर्माले भने अस्वीकार गरेका छन् । कामदार माथि भएको कुटपिटको विषयमा आफुलाई केही थाहा नभएको बताए ।