मोरङ / ‘नोबेल मिस्टर एण्ड मिस थारु आइकन’ को उपाधि सिवानी चौधरी र तेजेन्द्र विश्वासले जितेका छन् ।

पूर्वका १ सय १८ स्पर्धीलाई पछि पार्दै उनीहरूले ताज जितेका हुन् । पूर्वमिस नेपाल माल्विका सुब्बाले ताज पहिर्याइन् । विजेता दुवैलाई नोबेलकी प्रबन्ध निर्देशक इन्दिरा शर्माले जनही ५०–५० हजार रुपैयाँ बराबरको चेक प्रदान गरिन् ।

महिलामा गाईघाटकी सिर्जना चौधरी मिस फस्ट रनरअप बन्दा अङ्किता चौधरी सेकेण्ड रनरअप बनिन् । त्यस्तै पुरुषमा सिजन चौधरी फस्ट रनरअप र बर्जुका सुवास चौधरी सेकेण्ड रनरअप बने ।

उनीहरूले क्रमशः ३० र २० हजार रूपैयाँ प्रदान गरिएको छ ।

मिस नेपाल सुब्बा, साजित आलम, पर्शुराम चौधरी, भोला चौधरी र तुलसी पोख्रेल निर्णायक रहेका थिए । थारू समुदायका युवा युवतीको प्रतिभा उजागर गर्ने उद्देश्यले थारु कला केन्द्रले प्रतियोगिता आयोजना गरेको हो ।