काबुल/अफगान विद्रोही तालिवानले पछिल्ला दिनहरुमा सरकारी सुरक्षाफौजमाथि आक्रमण तिब्र पारेका छन् । अफगान सुरक्षास्रोतका अन’सार जवाजन प्रान्तमा तालिवानले गरेको आक्रमणबाट कम्तीमा १५ जना सुरक्षाकर्मी मारिएका छन् ।

आइतबार राति उत्तरी अफगानिस्तानमा भएको हमलामा अरु २६ जना सुरक्षाकर्मी गम्भीर घाइते भएको टोलो समाचार समितिले जनाएको छ ।

जवाजन प्रान्तको क’स टेपा जिल्ला नै विद्रोहीको कब्जामा गएको छ । जिल्लामा भिडन्तका खबरहरू प्राप्त भइरहेको पनि टोलो समाचार समितिले जनाएको छ ।

तथापि एकजना सुरक्षाकर्मी कमालुद्दीन यावरले चारजना सुरक्षाकर्मी मात्र मारिएको बताएका छन् ।

उनले भीडन्तमा कम्तीमा ३० जना तालिवानी मारिएको र अरु धेरै घाइते भएको दाबी गरे । तालिवानले भने आक्रमणका बारेमा केही बताएको छैन ।