मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिका वाडा नं. ८ मा अवस्थित तोरीबारी लघुउद्यमी कृषी सहकारी संस्थाले आफ्नो आठौं बार्षीक साधारण सभाब सनिबार सम्पन्न गरेको छ ।
उक्त सहकारी संस्थाले यस आ.ब.मा १५ लाख २५ हजार छ सय १६ रुपयाँ ५० पैसा आम्दानी गरेको छ । कृषीको माध्यम बाट स्वरोजगार सृजना गर्दै आत्मा निर्भर बनाउने उद्धेश्यले गठीत सहकारी संस्थामा हाल २५८ महिला सहिति ५०८ जनाको सेयर सदस्य रहेको छ । सहकारीले स्थानीय सेयर सदस्यहरुले उत्पादन गरेको दुघलाई चिस्यान केन्दको स्थापना गरी गाउँ बाटै दुध बिक्रिवितरण गर्दै आएको छ । यस आब मा चिस्यान केन्द्रले कुल एक करोड मुल्य बढीको दुघ बिक्री गरेको संस्थाले जानाएको छ । मिक्लाजुङ गाउँपालिकाको प्रमुख देवी प्रसाद आचार्यले कृषी सहकारी संस्थाले गाउँमा स्वरोजगार र कृषी प्रवधनमा मुख्य भुमीका रहने भएकाले निरन्तर रुपमा योजना बद्ध तवरले अघी बढन र अवस्यक गाउँपालीकाको तर्फ बाट सम्भव भए सम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।कार्य क्रमको आर्थीक विवरण लेखा संयोजक भिबहादुर खड्काले प्रस्तुत गरेका थिए भने संस्थाको प्रगति तथा आगामी नीति तथा कार्यक्रमहरु अध्यक्ष रमेश बस्नेतले प्रस्तुत गरेका थिए ।
































