ट्यालेन्ट-शो तथा नृत्य तर्फ प्रथम हुने नेविका खड्काको समुह नृत्य गर्दै ।[/caption]
धनकुटा/ संविधान दिवसको अवसरमा नमुना बाल क्लब धनकुटा नगरपालिका वडा नं. ४ ले आज विभिन्न प्रतियोगिता आयोजना गरेको छ ।
सो अवसरमा वक्तृत्वकला, ट्यालेन्ट शो नृत्य प्रतियोगिता लगायतका क्रियाकलाप आयोजना गरिएको क्लबका अध्यक्ष निराकार अधिकारीले जानकारी दिए । वक्तृत्व कला प्रतियोगिता तर्फ आदर्श अधिकारी पहिलो, अनुश्का अधिकारी दोस्रो, अरुणा गिरी तेस्रो र जेशिका बुढाथोकी सान्त्वना भएका छन् ।
यसैगरी ट्यालेन्ट शो तथा नृत्यतर्फ नेविका खड्का पहिलो, प्रनिमा थापा दोस्रो र निराजन भट्टराई तथा गौरब कट्टेलले तेस्रो स्थान प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकमा रमेशचन्द्र अधिकारी, लक्ष्मीप्रसाद भट्टराई, सुम्निमा काफ्ले र उमालक्ष्मी श्रेष्ठ रहेका थिए ।
विजयी बालबालिकालाई कार्यक्रमका प्रमुख अतिथी धनकुटा नगरपालिका वडा नं.४ का वडाध्यक्ष जम्शेर राई, वडा सदस्य होमप्रसाद अधिकारी, जेष्ठ नागरिक होमनाथ अधिकारी, कालिका अधिकारी, सामाजिक परिचालक रेनु पौड्याल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
बालबालिकालाई प्रोत्साहन गर्न वडा सदस्य होमप्रसाद अधिकारीले २ हजार २ सय तथा गोविन्द अधिकारी लगायतले नगद सहयोग प्रदान गरेका थिए । नमुना बाल क्लबले विभिन्न अवसर पारेर अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आएको जनाएको छ ।































