इटहरी । नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश शरण महतले पाँच बर्षको लागी निर्वाचित भएर आएको ओली सरकारको रबैया दखेर जनता वाक्क भएको बताएका छन । ओली सरकारले जनताको काम भन्दा पनि आश्वसन मात्र बाढ्दा जनताले दिक्क मानिसकेको महतको भनाई थियो ।

नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले पाँच बर्षको लागी निर्वाचित भएर आएको ओली सरकार जनतालाई सेवा सुविधा र विकास निमार्णमा केन्द्रित नभई अधिनायकबाद र भष्ट्रचार मुखी भएको बताए । शान्तीसुरक्षाको अवस्था हेर्दा सरकार असफल भईसकेको उनको आरोप थियो । सबै हिसाबले सरकार असफल भएको उनको भनाई थियो ।

कर बढाउन र भ्रष्टाचारीलाई प्रशय दिने देखि एयरलाइन्स प्रकरणमा जहाज खरिद गर्दा बिचौलिया हाबी भएको बताउँदै नेता महतले प्रतिपक्षको भुमिकामा काग्रेसले आन्दोलन समेत गदै आएको बताए ।

एक अर्को प्रशंगमा पार्टी बनाउँन गाउँ गाउँमा जान थालेको नेता महतको भनाई थियो । ब्यक्ति मुखी भन्दा पनि संगठन मुखी बनाउँदै काग्रेसलाई सक्रिय बनाउँने उनको भनाई थियो । काग्रेस अब पार्टीलाई प्रथामिकतामा राखेर अगाडी बढ्ने उनको भनाई थियो । कार्यक्रममा काग्रेस महासमिति सदस्य राजिव ढुंगान काग्रेस नेता रोहित प्रसाई लगायतका नेताहरुको सहभागीता थियो ।