पानवारी । इलाका प्रहरी कार्यालय धरानले विभिन्न समयमा चलेको परिक्षामा सुरक्षा प्रदान गरेवापत आएको रकम मृगौला पीडितलाई सहयोग स्वरुप प्रदान गरेको छ ।
दुवै मृगौला फेल भइ उपचाररत रहकी प्रहरी जवान तेन्जीङ शेर्पाकी श्रीमती सुष्मा राई शेर्पालाई सहयोग स्वरुप इलाका प्रहरी कार्यालय धरानले नगद रु २८ हजार रुपैया सहयोग गरेको हो । भर्खरै विपि कोइरालाा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको एमडी को परिक्षामा सुरक्षा प्रदान गरेवापत पाएको रकम रु. २८ हजार मृगौला रोग पीडित शेर्पालाई प्रदान गरेको हो । एसईई परिक्षा र कक्षा ११÷१२ को परिक्षामा सुरक्षा प्रदान गरेवापत प्राप्त गरेको रकम रु १ लाख १ हजार समेत पीडित शेर्पालाई यस अघि नै हस्तान्तरण गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी रामेश्वर पौडेलले जनाएका छन् । सुरक्षामा खटिने प्रहरीले बाडेर लैजाने पैसा भएपनि कसैको पीडितको आर्थिक अवस्था एकदमै नाजुक भएकोले सहयोग गरिएको डिएसपी पौडेलले बताए ।