भद्रपुर / बिषाक्त खानेकुरा खाएका कारण दक्षिणी झापाको कचनकवल गाँउपालिकामा दुइ बालबालिकासहित वीसजना र जङ्गली च्याउ खाएर पाँच गरि पच्चीसजना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा कचनकवल ७ स्थित बालुवाडीका २८ बर्षीया शर्मिला तामाङ, सोही ठाँउका २३ बर्षीया मञ्जु राई, ३४ बर्षीया राधा तामाङ, २६ बर्षीया अञ्जना राई, ३२ बर्षीया सीता तामाङ, २६ बर्षीय दिलु लिम्बु रहेका छन् । त्यस्तै सोही गाउँपालिकाका २१ बर्षिया अनुसा लिम्बू, ,२५ बर्षिया मनज्याति तामाङ्,२९ बर्षिय पासाङ् तामाङ्, २७ बर्षिया मञ्जु तामाङ् ,३५ बर्षिय सन्तबीर तामाङ्, १८ बर्षिय सुजित राई, २० बर्षिय टङ्कमान लिम्बू, २८ बर्षिया कविता लिम्बू रहेका छन् । त्यस्तै २८ बर्षिया रीता लिम्बू,३२ बर्षिया अजिता लिम्बू, २८ बर्षिय सागर सतार , बर्ष १६ की सजना लिम्बू ,८ बर्षिय प्रशान्त तामाङ् र १० बर्षका एभेन लिम्बूलाइ फुड पोइजन भएको मेची अञ्चल अस्पताल भद्रपुरले जनाएको छ । उनीहरुले बिहीबार दिउँसो सन्तबीर र मञ्जु तामाङ्को खेतमा काम गर्दा आलु, स्वाइविनको सब्जी र मटरको अचारसंग खाना खाएका थिए । हाल मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खानेकुरा खाएपछि फुड पोइजन भएको आशंङ्कमा सिकिस्त बिरामी परेका उनीहरु उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा आएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जवेगूले जानकारी दिए ।
स्थानीय पदमबहादुर तामाङका अनुसार घरका परिवारका सदस्यसहित खेतालाहरु बिरामी परेको बताए । खेतमा काम गरेर फर्किएपछि आलु, स्वाविनको सब्जी र मटरको अचारसंग भात खाएको उनले बताए । खाएको केही समय पश्चात वान्ताआउने, रिंगाटा, टाउँको र शरिर दुख्ने भएपछि सबै जनालाई उपचारका लागि अस्पताल ल्याएको बताए । वीसजना बिरामीलाई फुड पोइजन भएकोले अस्पताल आएको मेची अञ्चल अस्पतालका मेडिकल सुपरीटेण्ड डाक्टर पिताम्बर ठाकुरले जनाए । उपचारको क्रममा सामान्य रहेका सजना, अजिता, रीता,र सागरलाई बिहीबार राती डिस्चार्ज गरिएको र अन्यको पोइजनको असर भइरहेकोले चिकत्सिकको निगरानीमा राखेर उपचार गराइरहेको उनले जनाए ।
जङ्गली च्याउ खाने घर फर्के–ः साविक दुवागढी ३ हाल मेचीनगर नगरपालिका १४का एकै परिबारका पाँचजना जङ्गली च्याउ खाएर बिरामी परेका छन् । बिरामी पर्नेमा ३५ बर्षका प्रेम किसन,२७ का प्रकाश दर्जी,५५ बर्षिया लिलामाया दर्जी र २२ बर्षिया शुसिला दर्जी रहेको प्रहरीले जनाएको छ । उनिहरुको साथमा शुसिलाका २२ दिने र ३ बर्षिय श्रवण दर्जी पनि रहेका थिए । बिहीबार वेलुका ९ बजे उनिहरुले च्याउको साथमा खाना खाएका थिए । च्याउको असरले रातको ११ बजे मेची अञ्चल अस्पताल आएको चिकीत्सकले जनाएका छन् । उपचारपछि शुक्रबार दिउँसो डिस्चार्ज भएर घर फर्किएको डाक्टर पिताम्बर ठाकुरले जानकारी दिए ।
































