विराटनगर । एक साता अघिदेखी विद्युत सेवा अनियमित हुँदा सर्वसाधारणले सास्ती बेहोर्दै आएका छन् ।

विद्युत आपुर्तिमा बारम्बार समस्या हुँदा पनि नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण शाखाले सुधार गर्ने योजना ल्याएको छैन् । जसले गर्दा केही दिन यता बढेको अत्याधिक गर्मीले सर्वसाधरणले सास्ती खेप्नु परेको छ ।

विद्युत नहुँदा सर्वसाधारणको काम रोकिएको मात्र छैन, संचार संस्था, उद्योग व्यवसाय चौपट भएका छन् । मिनेट मिनेटमा जाँदै आउँदै गर्ने विद्युतले सर्वसाधरण हैरानीमा परेको विराटनगर वितरण शाखाबाट विद्युत उपभोग गर्दै आएको सेवाग्राही बताउँछन् ।

जेठ महिनामा बढेरको उखरमाउँलो गर्मीको समयमा विद्युत झ्याम्प – झ्याम्प जाँदा सर्वसाधरण गर्मीले हैरानीमा परेको विराटनगरकी कमला श्रेष्ठले बताइन् । विराटनगरमा पछिल्लो समय दैनिक ३५ देखी ३८ डिक्री सम्म तापक्रम बढेको बेला यसरी झ्याप्प – झ्याप्प विद्युत जाँदा सर्वसाधराण्मा गर्मीको मार खेप्न बाध्य छन् । ‘छिनमा आउँछ केही बेरमा विद्युत जान्छ,’ श्रेष्ठले भनिन्, ‘यस्तो गर्मीमा जाँदै आउँदै गर्ने विद्युतले समस्या पा¥यो ।’ उनी भन्छिन्, ‘विद्युत आयो भने पनि भोल्टेज हुँदैन ।’ विद्युत अनियमित हुँदा कतिपय सर्वसाधरणको घरको टिभी, कम्प्यूटरसमेत विग्रीने गरेको उनीहरुको भनाई छ ।

नेपाल विद्युत प्राविधिकरणको प्रबन्धक निर्देशक कुलमान घिसिङले लोडसेटिङ मुक्त भएको घोषणा गरेका थिए । तर, गर्मीयाम सुरु भएसँगै सेवाग्राहीले पुन लोडसेटिङको अनुभुती गर्न थालेका छन् । उद्यपी नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले भने लोडसेटिङ चाही भएको भने नभएको दाबी गर्दै आएको छ ।

विद्युत आपुर्तिमा आएको अनियमितताको अन्त्य गर्न प्राधिकरणका अधिकारीहरु नलागेकोमा सेवाग्राहीहरु रुष्ट छन् । विद्युत नियमित बनाउनका लागि कार्यालयका कर्मचारीहरुलाई जानकारी गराउँदासमेत कर्मचारीहरुले सुनवाइ नगरेको भन्दै उनीहरु आक्रोस पोख्दै आएका हुन् ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका कार्यालय प्रमुख राजु श्रेष्ठले लोर्डसेटिङ नभएपनि विराटनगरको विकास निमार्ण गर्दा केही समय विद्युत जाने गरेको बताए । ‘विराटनगर क्षेत्रमा धमाधाम विकासको कामहरु भइरहेको छ, उनले भने, ‘सडक निमार्ण भइरहेको क्षेत्रको पोलहरु सानुपर्ने हुँदा केही बेर लाइन जान्छ ।’ भोल्टेज नाआएको हकमा भने विराटनगर वितरण केन्द्रमा जति विद्युत आउनुपर्ने हो त्यो भन्दा कम आउँदा यस्तो भएको बताए । उनले भने, ‘विराटनगर वितरण केन्द्रमा दुबही ग्रीडबाट आउनुपर्ने ३३ केबी हो ।’ तर, अहिले २६ देखी २७ केबी मात्र दुहबी ग्रीडबाट विद्युत आउने गर्दा भोल्टेजमा समस्या भएको उनले जानकारी दिए । दुबही ग्रीडमा पनि भारतबाट आउने १ सय ३२ केबी विद्युत भएता पनि अहिले १ सय १६ केबीसम्म मात्र विद्युत आउने गरेको माथिल्लो निकायलेबाट जानकारी आएको उनले बताए । यसरी कम विद्युत आउँदा समस्या आएको प्राधिकरणको भनाई छ ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका इन्जिनियर रविन्द्र कुमार देवले ट्रान्सर्फमामा विद्युत ओभर लोड हुँदा फर्मा भित्र रहेको फियूज झल्ने हुँदा झ्याप्प – झ्याप्प लाइन जाने गरेको बताए । विद्युत उपभोग गर्ने उपभोक्ताको खंख्यामा वृद्धी भइरहेको र ट्रान्सर्फामाको क्षमता भने नबढाउँदा धेरै ओभर लोड हुन भइ ट्रान्सफर्माको फियूज झल्ने गरेको इन्जिनियर दासको भनाई छ ।

विराटनगर वितरण शाखाबाट विराटनगर महानगरपालिकासहित, बुढीगंगा गाउँपालिका, ग्रामथान र जहदा गाउँपालिको केही वडा गरी ६० हजार घरधुरीलाई विद्यूत उपलब्ध गराउँदै आएको कार्यालयले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण कार्यालय ।